भिडियो

अस्मिता रोमान्टिक बन्दा लजाए रवि, अस्मिताले ‘च्याप्प समाउँदै’ भन्दा रविले ‘भारी’ भन्दै जिस्काए (भिडियो)

रवि ओड एक नेपाली गायक हुन्। ओड नेपाली गायकसँगै एक कलाकार पनि हुन्। रवि ओड नेपाल आइडल सिजन २ विजेता हुन्। नेपाल आइडलमा उत्कृष्ट प्रदर्शनी गरे सँगै नेपाली साङ्गीतिक समर्थकहरू माझ उनको प्रसिद्धि दिन प्रतिदिन बढ्दै गएको थियो। रवि ओडले बिक्रम बराललाई पछाडि पार्दै दोस्रो नेपाल आइडल बन्न सफल भएका थिए। रवि ओडको जन्म वि. सं. २०५४ साल चैत्र महिनामा भएको हो। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट तेस्रो सन्तनका रूपमा उनको जन्म भएको थियो।

सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत सङ्गीतमा लागेका थिए। धनगढीको दोहोरी साँझमा गीत गाएर करिब चार वर्ष अघिबाट मात्रै उनी सङ्गीतमा सक्रिय भएर लागेका हुन्। साथै कमजोर आर्थिक अवस्थाका कारण रवि वि. सं. २०७० को निर्वाचनमा म्यादी प्रहरीमा समेत भर्ना भएका थिए। धनगढी अडिसनमा कमल खत्रीको जाऊँला रेलैमा… बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए। रवि ठाडी भाका, देउडा, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धीका रूपमा नेपाल आइडलमा छाएका थिए।

राम्रो गायन प्रतिभा भएका ओडले अन्ततः देश विदेशमा रहेका नेपालीको मनसँगै मत जित्दै नेपाल आइडल सिजन–२ को उपाधि जित्न सफल भएका थिए । यसै क्रममा नेपाल आइडलका अस्मिता अधिकारी र रवि ओड बीच गरिएको रमाइलो कुराकानीको भिडियो यहाँ तल हेर्नुहोला

Related Articles

Back to top button
Close