भिडियो

सुर्खेतको जंगलमा म रेका गाई नेपालका होइनन् भारतका हुन् : उमा थापा उपमेयर नेपालगन्ज (भिडियो हेर्नुस्)

नेपालगन्ज, २६ भदौ । नेपालगन्ज उपमहानगरपालिकाको कान्जीहाउसवाट दैलेखका लागि भन्दै लगिएका गाई भिरवाट ख सालेर ह त्या गरेको भन्दै समाचार आएपछि उपमहानगरपालिकाले त्यसको खण्डन गरेको छ । नेपालगन्जको कान्जहाउसमा रहेका दुईसय भन्दा बढी गाई गोरु दैलेख जाने बाटोको सुर्खेत स्थित जंगलको भिरमा फा लिएको अवस्थामा फेला परेपछि यस्तो समाचार आएको थियो ।

ति मध्ये भिरमा लडेर धेरै गाई गोरु म रेका थिए । त्यस्तो समाचार बाहिरीएपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर, उपमेयर लगायत जनप्रतिनिधिहरुको चर्को आ लोचना भएको थियो ।नेपालभरमै नेपालगन्ज यस्तो उपमहानगरपालिका हो जहाँ चुनाव चिन्ह गाई लिएर निर्वाचनमा लडेका उम्मेदवार धवलसमशेर राँणाले चुनाव जितेका थिए । आफुले गाईको चुनाव चिन्ह लिएर मेयर बन्ने अनि त्यही गाईको ह त्या गर्ने भन्दै नेता डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा चर्को वि रोध गरेका थिए । उमहानगरपालिकाका उपमेयर उमा थापाले डा भट्टराईको त्यस्तो टिप्पणीको क डा प्रतिवाद गरेकी छन् ।

उनी नेपाली काँग्रेसवाट चुनाव जितेर उपमेयर भएकी हुन् । मेयर डा धवलको बचाउ गर्दै उपमेयर थापाले त्यस्तो टिप्पणीलाई तु च्छ भनेकी छन् ।गाई चुनाव चिन्ह लिएको भन्दैमा गाईको संरक्षण गर्ने जिम्मा धवलको मात्र नभएको उनको भनाई छ । उनले आफुहरुले राम्रो उद्देश्य राखेर छाडा गाईगोरुको ब्यवस्थापन गर्न खोज्दा कमजोरी पनि भएको स्वीकार गरेकी छन् । तर भि रवाट ख सालिएको भन्ने कुरा भने उनले अस्वीकार गरेकी छन् । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी नरहरी नाथ आएपछि गाईका विषयमा कडा नियम बनाइयो । भारतमा गाईको ह त्या गर्नेलाई कडा नियम बनाईए पछि भारतवाट ठूलो संख्यामा नेपालगन्जमा छाडा गाईगोरु आएको उनको भनाई छ । सुर्खेतको जंगलमा प रेका गाई पनि नेपालको नभएको उनको भनाई छ ।

Related Articles

Back to top button
Close