भिडियो

पशुपति शर्माको दशैं गीत..”अहिले भेट दशैंलाई”

काठमाडौं / चर्चित लोकप्रिय गायक पशुपति शर्मा र गायिका देविका केसीको “अहिले भेट दशैलाई” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई तिर्सना म्यूजिकको युटयुबबाट सार्वजनिक गरिएको छ ।गायक पशुपति शर्माको नै शब्द तथा संगीत रहेको उक्त गीतमा बिनोद बाजुरालीको एरेंज रहेको छ । दुई प्रेमीको मनको भाव समावेश गरिएको उक्त गीतमा मायालुुले भेट्न ढिला गरेको तथा दशैमा भेट्ने कुरा गरिएको छ ।

पशुपति शर्मा , नरेश एम.सि. र रिना थापाको अभिनय रहेको उक्त गीतको भिडियो दुर्गा पौडेलले छायाँकन गरेका हुन् ।
एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । मौसम हिमालीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई नविन घर्ति मगरले संपादन गरेका हुन् ।– भिडियो

Related Articles

Back to top button
Close