खेलकुद

मेस्सीले जिते इएसपीएनले प्रदान गर्ने वर्ष खेलाडीको अवार्ड

एजेन्सी । अर्जेन्टिनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।सन् २०१९ को सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित हुँदै मेस्सीले स्पोर्ट्स अनलाइन इएसपीएनले प्रदान गर्ने अवार्ड जितेका हुन् । मेस्सीले समर्थकहरुको सर्वाधिक मत ल्याउदै अवार्ड जितेका हुन् ।

स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले अवार्ड जित्ने क्रममा क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भर्जिल भान डाइकलाई पछि पारे । गत वर्ष यस अवार्ड रोनाल्डोले जितेका थिए ।मेस्सीले गत सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि कुल ५८ खेलमा ५४ गोल र १२ असिस्ट गरेका थिए । मेस्सी गत सिजन च्याम्पियन्स लिगमा १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । मेस्सीले हालै युईएफए वर्ष फरवार्डको अवार्ड समेत जितेका थिए ।

Loading...

Related Articles

Back to top button
Close