मनोरंजन

आज बलिउड अभिनेता अक्षय कुमारको जन्म दिन, शुभकामाना दिनेको ओइरो

एजेन्सी -बलिउड अभिनेता अक्षय कुमारको आज जन्म दिन हो । उनले आफ्नो ५२ औं जन्मदिन साथिभाई स्टमित्रका साथ मनाएका छन् । उनी ९ सेप्टेम्बर १९६७ मा पञ्जाबको अमृतसरमा जन्मिएका हुन् ।

अक्षयले आफ्नो ५२ औ जन्म दिनको अवसरमा नयाँ ‘पृथ्वीराज’ टिजरको औपचारिक घोषणा समेत गरेका छन् । यस फिल्ममा अक्षय महान राजा तथा योद्धा पृथ्वीराज चौहानको भूमिकामा रहेका छन् । उनले यस फिल्मको टिजर ट्वीटरमा सेयर गरेर यस्तो सम्म लेखेका छन् । म मेरो जन्मदिनमा पहिलो ऐतिहासिक फिल्म सेयर गदै छु ।

मेरो भाग्य हो ,यसमा मैले हिरोको रोल निभाउने मौका पाएको छु र यस फिल्म तिहारमा मात्र रिलिज हुने बताइएको छ । भारतिय मिडियाका अनुसार फिल्म ‘पृथ्वीराजलाई डा। चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका छन् ।

अक्षयको यस भन्दा अघि प्रदर्शनमा आएको फिल्म मिशन मंगल ले बक्स अफिसमा धमकेदार व्यापार गर्यो यो फिल्मबाट उनलाई राम्रो सफलता हात पर्यो ।

Related Articles

Back to top button
Close