समाचार

एसएलसी पासलाई सरकारी जागिर खाने ठुलो अवसर

नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झण्डै २ हजारको संख्यामा कर्मचारी माग गरेको छ ।विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो ।

विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि दरखास्त आह्वान गरेको हो ।जसमध्ये एमआईएस अपरेटर ९९४ र ९९५ फिल्ड सहायक माग गरिएको छ ।एम.आईं. एस. अपरेटरका लागि उच्च माध्यामिक शिक्षा वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ भने फिल्ड सहायकका लागि एसईई वा सो सरह उतीर्ण गरेको हुनुपर्ने विभागले जनाएको छ ।

Loading...

Related Articles

Back to top button
Close