समाज

म १७ बर्ष देखी साउदीको जेलमा छु, नेपाल आउन चाहान्छु ! सबैले सक्दो सेयर गर्दिनुहोला

मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोग छ ।स्थानीय अदालतले ०५८ जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो ।पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए । ‘कान्छो छोरा बल्ल १८ वर्ष पुग्दै छ,’ पुनले भने, ‘उसको उमेर नपुग्दासम्म जेलमै बस्नुपर्‍यो ।अब मेरो जीवन उसैको हातमा छ

कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उनको गुनासो छ । ‘उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,’ उनले भने । निम्नस्तरको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको उनी बताउँछन् ।पुनका एक श्रीमती र ३ छोरा छन् । एक छोरा अपांग छन् ।तीनै छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्छिन् ‘उहाँलाई छुटाउन सके अरू केही चाहिएको थिएन,’ मायाले भनिन्, ‘दिनभरि दु:ख गर्‍यो, रातभरि उतैको चिन्ताले निद्रा पर्दैन ।’सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आस नमेटिएको उनले बताइन् । सन्तबहादुर जेल परेकोबारे २०५८ कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो ।उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो ।

तर, सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उनका आफन्त बताउँछन् । ‘द्वन्द्व चर्केकाले उतिबेला सबै कुरा भन्न सक्ने अवस्था थिएन,’ दाजु कुलबहादुरले भने, ‘अहिले मन्त्रालयले चासो दिए भाइ छुट्थ्यो ।’भाइलाई छुटाउन कुलबहादुरले विगत ३ वर्षदेखि सरकारी अधिकारीदेखि विभिन्न मानव अधिकारवादी संघसंस्थासमेत धाएका छन् ।

यो पनि पढेर कमेन्ट गर्नुहोस।
परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।

Related Articles

Back to top button
Close