मनोरंजन

चौथो दिन पनि साहोको धमाकेदार कमाइ, हिन्दी संस्करण एक्लैको कमाइ १०० करोड नाघ्यो

काठमाडौं। प्रभास र श्रद्धा कपूर स्टारर साहोले चौथो दिन पनि धमाकेदार कमाइ गरेको छ । पहिलो विकेण्डका ३ दिनमा २९४ करोडभन्दा धेरै विश्वव्यापी कर्मा गरेको साहोको चौथो दिन पनि बक्स अफिसमा प्रदर्शन राम्रो भएको विश्लेषकहरुले बताएका छन् ।

बक्स अफिसले यसको ठ्याक्कै तथ्यांक दिइसकेको छैन तर साहोले चौथो दिन ३५० करोडको आँकडा छुने अनुमान गरिएको छ । यदि चौथो दिन साहोको कमाइ ३५० करोड पुगेमा फिल्मले लगानी उठाउनेछ । साहोको हिन्दी संस्करणले समेत चौथो दिन सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । ट्रेड एनालिट रमेश बालाले ट्वीट गर्दै सोमबारको साहोको कमाइ जोड्दा साहोको हिन्दी संस्करणको कमाइ १०० करोड माथि पुग्ने उल्लेख गरेका छन् ।

हिन्दी संस्करणले पहिलो दिन २४.४० करोड कमाइ गरेको थियो । दोस्रो दिन २५.२० करोड र तेस्रो दिन आइतबार २९.४८ करोड कमाइ गरेको अर्का ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै जानकारी दिएका छन् । साहोको हिन्दी संस्करणले पहिलो विकेण्डमा ७९.०८ करोड कमाएको छ ।

Loading...

Related Articles

Back to top button
Close