समाचार

आज फेरि बढ्यो सुन चाँदीको भाउ, तोलाको कति ?

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।आज छापावाल सुन प्रतितोला ७२ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।सोमबार छापावाल सुन प्रतितोला ७२ हजार तथा तेजावी सुन ७१ हजार ७ सय रुपैयाँ तथा तेजावी सुन ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।

Related Articles

Back to top button
Close