समाचार

के महिनावारी भएको महिलाले मृत शरीर छुनै नमिल्ने हो ?

डा. रुपचन्द्र विश्वकर्मा / मिति २०७६/०५/१२ गतेका दिन धनगढी उपमहानगर पालिका गौरिकटान निबासी मेरा बहिनी ज्वाईको भारत जाने क्रममा चलिरहेको रेलबाट खसेर ज्यान गयो । करिब १३ बर्षको दाम्पत्य जीवन यहिबाट सदाका लागि अन्त भयो।

मृत्यु पनि यस्तो समयमा भयो की न त मेरा भान्ज भान्जिले भाद्र १३ गतेको बुवाको मुख हेर्ने दिन सम्झेर दिर्घायुको कामना गर्न पाए न त मेरो बहिनिले नजिकिदै गरेको हरितालिका तिजमा आफ्नो पतिको नाममा दिर्घायुको लागि व्रत पुजा नै गर्न समेत नपाउने गरि यस्तो घडिमा ज्वाईले बहिनिको स परिवार लाई टुहुरो पारेर जानुभयो।

मिति २०७६/०५/४ गते बिहान १० बजे करिब दुईलाख जति नेपाली रुपिया खर्चेर भएपनी मृत शरीर भारत बाट घरमा पुगाए तर सोही दिन बिहान बहिनिले आफू महिनावारी भएको कुरा परिवारमा जानकारी गराइछन । सो कुरा थाह पाएपछी उसलाई परम्परा अनुसार महिनावारी भएकोले मृत शरिरलाई छुन हुदैन यदि छोयो भने बैकुन्ठ बाँस हुदैन र मृत आत्माले पनि शान्ती पाउदैन भनेर बहिनीले आफ्नो पतिलाई छुन नपाएको कुरा जानकारी पाए।

कस्तो बिडम्बना आफ्नो पतिलाई अन्तिम पटक अङ्कमाल गरेर नजिकै बाट नियालेर बिदाई गर्ने उस्को एउटै सपना पनि महिनावारी भएका कारण टाढैबाट हेरेर चित्त बुझाउनु पर्यो ।

अन्तिम पटक आफुले सोचे अनुसार मृत शरिरलाई बिदाई गर्न भनेर त भारत बाट घर ल्याउन भनेकी थिई होलिन। हाम्रो समाज महिलामाथिको अन्याय रुढिबादी कुरिती । के महिनावारिले मृत शरीर लाई छोयो भने बैकुन्ठ बाँस नहुने र मृत आत्माले शान्ती नपाउने हो ? हार्दिक श्रदान्जली मेरो ज्वाइँ प्रती।

यो सामाग्री चिकित्सक डाक्टर रुपचन्द्र विश्वकर्माको फेसबुकबाट लिइएको हो । उहाँको वास्तविक पिडाका शब्द भएपनि समाज रुपान्तरणका लागि साभारत गरियो ।

Loading...

Related Articles

Back to top button
Close