समाचार

के भयो बलिउड नायक अक्षय खन्नालाइ ? तस्बिर देखेर हैरान भए फ्यान !

एजेन्सी । बलिउड नायक अक्षय खन्नाको विश्वासै गर्नै नसकिने अवस्थाको तस्बिरले अहिले उनका प्रशंसकलाई निकै सताएको छ । कपाल खुइलिएको, अस्वस्थ्य जस्तो देखिने दुब्लो तस्बिर अहिले निकै भाइरल भएको छ । उनको त्यस्तो अवस्था देखेर उनका प्रशंसकको मनमा निकै धेरै प्रश्न उब्जिएको छ । तस्बिरमा निकै धेरै प्रशंसकले प्रश्न र चासो राखेका छन् । सोसल मिडिया प्लेटफर्ममा सार्वजनिक भएको तस्बिर हेर्दा सहजै उनको स्वास्थ्यलाई लिएर प्रश्न उब्जने अवस्था छ । त्यसैले त उनको तस्बिर तल कमेन्ट आएको छ के थिए के भए ? तस्बिरमा अक्षय खन्नाको तौल पहिलेको भन्दा निकै घटेको हुँदा अस्वस्थ्य जस्तो देखिन्छन् । अक्षयको कपाल पनि विश्वास नै गर्न नसकिने गरी तालु सम्म खुइलिएको देखिन्छ । वास्तवमा, फोटोमा अक्षय खन्नालाई हेर्दा यस्तो लाग्छ कि उनलाई कुनै रोगले च्यापेको छ ।

अक्षयको तस्बिरमा चासो देखाउँदै प्रयोगकर्ताले लेखे, ‘केबाट के भए ।’ यस्तै एक प्रयोगकर्ताले सोधे, ‘अक्षयले कपाल प्रत्यारोपण किन गराउँदैनन् ?’ आफ्नो मन परेको कलाकारलाई जहिले पनि फिट देख्न चाहने प्रशंसकका लागि यो तस्बिर पक्कै पनि खुसी दिने खालको छैन । अक्षय खन्नाका तस्बिरमा थुप्रै प्रयोगकर्ताले उनको राम्रो स्वास्थ्यको कामना समेत गरेका छन् ।कति प्रयोगकर्ताले आजको समयमा पनि अक्षयले आफूलाई किन फिट नराखेको भनेर पनि प्रश्न गरे ।स्मरण रहोस्, अक्षय खन्ना चाँडै नै फिल्म सेक्सन ३७५ मा देखिँदैछन् । यो फिल्ममा उनले एक वकिलको भूमिका निभाउँदैछन् । फिल्ममा ऋचा चड्डा पनि छिन् । यो फिल्म अजय बहलले निर्देशन गरेका हुन् ।

Related Articles

Back to top button
Close