समाचार

सरकारी मोटरसाइकल नलिने र भत्ता विद्यालयलाई दिने दुर्गमका यी युवा वडाध्यक्ष

हेटौडा । जनप्रतिनिधिहरुले सरकारी सेवा, सुविधाको दुरुपयोग गर्‍यो भनी आलोचना भइरहेको बेला मकवानपुरका एक वडाध्यक्षले आफ्नो ६ महिनाको भत्ता विद्यालयलाई हस्तान्तरण गरेका छन्।राक्सिराङ गाउँपालिका–६ का वडाध्यक्ष सिंगलाल प्रजा (चेपाङ) ले आफ्नो ६ महिना भत्ताबापतको एक लाख २० हजार रुपैयाँ सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्रावास निर्माणका लागि जग्गा खरिद गर्ने प्रयोजनका लागि दिएका छन्। उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम प्रजालाई हस्तान्तरण गरिएको छ।

प्रदेश ३ कै विकट उक्त गाउँमा चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको छ। सिंगलालले चेपाङ समुदाय शिक्षाको कारण पछि परेको र राक्सिराङमा शिक्षाकै कमीका कारण धेरै समस्या रहेको भन्दै उक्त सहयोग गरेको बताए। उनले आफ्नो जीविका सामान्य कृषिबाट नै चल्नै भन्दै राज्यबाट आउने खर्च समाजका लागि लागनी गर्न पाउँदा खुसी लागेको बताए।

‘मैले पहिलादेखि नै भन्दै आएको छु, हामी जनप्रतिनिधिहरु तलबका लागि आएका होइनौं’, उनले भने, ‘तैपनि गाह्रो अप्ठ्यारो पर्ला भनेर सरकारले उपलब्ध गराएको सुविधा लिनुपर्दा मन गह्रौँ हुने गरेको छ।’ उनले यसअघि गाउँपालिकाले उपलब्ध गराएको मोटरसाइकल सुविधा पनि लिएका थिएनन्। उनले उक्त मोटरसाइकल कुनै प्रहरी चौकी वा स्वास्थ्य संस्थाका लागि उपयुक्त हुने बताउँदै सुविधा लिन अस्वीकार गरेका थिए।

Loading...

Related Articles

Back to top button
Close