समाचार

चारैतिर रविको चर्चा देखेपछि, दुइ छोरीसहित अमेरिकामा बसेकी रविकी पूर्व पत्नीले यसो भनिन् !

पछिल्लो समय सालिकराम प्रकरणको कारण टेलिभिजन कार्यक्रमका चर्चित प्रस्तोता पत्रकार रवि लामिछाने चर्चामा छन् । लामिछानेको चर्चा सालिकराम पुडासैनीको प्रकरणले मात्र हुने गरेको छैन । उनको चर्चा धेरै पहिले देखिनै बिभिन्न काम र कारणले चर्चा भैरहने गरेको थियो । उनले गरेका राम्रा कामको चर्चा पहिले यति धेरै नभए पनि पछिल्लो समय ‘सिधा कुरा जनतासंग’ को कार्यक्रमले उनलाई निकै उचाइमा पुर्यायो । उनलाई यो उचाइमा पुर्याएसंगै उनको अर्को चर्चा हुरीबतास जस्तै आइदियो त्यो थियो आफ्नै श्रीमतीका सम्बन्धका कारण ।

केहि समय अघि उनीहरुको सम्बन्धका बारेमा सामाजिक संजालमा छताछुल्ल भएको थियो जसका कारण रविलाई विवादमा ल्याउन खोजेको थियो तर पनि यो अवस्थालाइ रविले सजिलै सम्हाल्न सके । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा छुटेका लामिछानेप्रति लक्षित गरी पूर्व पत्नी ईशा लामिछानेले व्यंग्य गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटसमा लेखेकी छिन्– ‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।’ रविले आफ्नो समर्थनमा जुटेकाहरुलाई जेलबाट छुटेपछि फूलमाला र अविर लगाएर नारायणी नदी किनारामा ‘धन्यवाद सभा’ दिए । तर, पूर्व पत्नी ईशाले भने उल्टै व्यङ्ग्य गरिन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरेका थिए ।

सालिकराम प्रकरणमा हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । उनी काठमाडौं आउने सूचना पाएपछि नै रविका समर्थकको काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा समर्थकको भिड लागेको थियो । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । पञ्चेवाजा समेत लिएर पुगेका समर्थकको भिड ब्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । चितवनवाट काठमामाडौं आएका रवि विमानस्थलबाट बाहिरिँदा पञ्चेवाजा सहित पुगेका उनका स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए ।

विमानस्थलमा उत्रिए पछि आफ्ना समर्थकलाई संक्षिप्त प्रतिकृया दिँदै लामिछानेले हिरासतको जीवनले आफुले राम्रो पाठ सिकाएको बताए । उनले मरिसकेको मानिसलाई प्रयोग गरेर आफु विरुद्ध षडयन्त्र भएको भन्दै यति सम्म हुन्छहोला भन्ने आफुले नसोचेको बताए ।

विमानस्थलमा पुगेका सञ्चाकर्मीहरुले शालिकराम पुडाशैनीको परिवारका सदस्यका बारेमा तपाईको के धारणा छ भनेर सोधेको प्रश्नमा उनले पुडाशैनीको परिवार प्रति समवेदना ब्यक्त गरे । उनले भने, उहाँहरुको परिवारमा भएको क्षति प्रति समवेदना प्रकट गर्न चाहन्छु । परिवारमा जुन बिपत्ती आएको छ त्यसमा हामी पनि दुखी छौं । मैले यस अघि पनि भनेको थिए । अहिले पनि त्यही भन्न चाहन्छु ।

उनले आफ्नो समर्थनमा प्रदर्शन गरेका समर्थकहरुको मायाले थप जिम्मेवार बनाएको बताए । उनले विशेष तयारी गरिरहेको बताए । उनले हिरासतको वसाईमा थप उर्जा मिलेको बताएका छन् । उनले समाचारमा आएका हेडलाइनलाई पनि प्रतिकृया दिएका छन् । उनले राजनीतिमा लाग्ने आफ्नो तत्काल कुनै योजना नभएको बताएका छन् । तर पनि भोलीको बारेमा अहिले केही भन्न नसकिने बताए ।

Loading...

Related Articles

Back to top button
Close