समाचार

उच्च प्रसंशा गर्दै भन्न थालियो बधाई एसपी साहेब, कारण यस्तो छ

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित तीनजना शालिकराम प्रकरणमा रिहा भएका छन् । उनीहरु दुई जना धरौटीमा र एकजना साधारण तारेखमा रिहा भएकी हुन् ।जिल्ला अदालत चितवनले लामिछानेसँग ५ लाख, अर्को युवराज कँडेलसँग ३ लाख र अस्मिता कार्कीलाई भने विना धरौटी रिहा गरिएको छ । यस घटनामा अर्को चर्चामा रहेको पात्र दिल निशानी मगर पनि हुन । उनले यसबारे प्रतिकृया दिदैं भनेका छन्, ‘हातखुट्टा बाँधेर, मुखमा ताल्चा लगाईदिएर, हगे हग मुते मुत गराएर, ५ लाख धरौटी लिएर कुनै मानिस प्रहरीको हिरासत बाट रिहा हुनु भनेको सत्यको जित हुनु हैन ।’

एक फरक प्रशंगमा चितवन प्रहरी प्रमुख दान बहादुर मल्लका विषयमा आफ्नो धारणा राख्दै उनले भनेका छन्, ‘अदालतले समात भन्यो, समात्नुभयो। अदालतले छाड भन्यो, छाड्नुभयो। भोली अदालतले आफ्नै बाउ आमालाई समत भनेपनी समात्नुपर्छ। त्यो त तपाईको बर्दीको कसम हो। आफ्नो झण्डा नबिकेका तर रबिको क्रेजमा आन्दोलन भाँड्न चितवनमा मंण्डले, राप्रपा, कांग्रेसको घुसपैठ थियो। तर कुनै भौतिक क्षती भएन। गम्भिर घाईते पनी खासै कोही भएनन्। प्रहरीको काम डिफेन्सिप रह्यो। बधाई एसपी साहेब।‬’

‪अदालतले समात भन्यो, समात्नुभयो। अदालतले छाड भन्यो, छाड्नुभयो। भोली अदालतले आफ्नै बाउ आमालाई समात भनेपनी समात्नुपर्छ।…

Gepostet von Dil Nisani Magar am Montag, 26. August 2019

 

Related Articles

Back to top button
Close