समाचार

आईजीपी खनाललाई खुल्ला पत्र : के भिडियो कै आधारमा रविलाई अ*पराधी मान्न मिल्छ ?

महानिरीक्षक ज्यू, नमस्कार !

महानिरीक्षक ज्यूलाई म सिधै विषयमा नै प्रवेश गराउन चाहन्छु। पत्रकार शालिकराम पुडासैनीको मृ*त्यु प्र करण र त्योसँगै पत्रकार रवि लामिछानेसहितका अन्यलाई प*क्राउ गरिएको विषयमा म केहि लेख्न बाध्य भएको छु । म*र्नुभन्दा पहिले नै शालिकराम पुडासैनीले रबि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीको कारणले आ*त्म*ह*त्या गरेको बताएका छन् । जसको भिडियो फेला परेको छ । महानिरीक्षक ज्यू, यो घटनामा भेटिएको अहिलेसम्मको मुख्य प्रमाण यति मात्र होइन् र ?

यो मुद्दा शालिकराम पुडासैनीको आ*त्म*ह*त्यासँग सरोकार भएको मु*द्दा हो । मेरो बुझाईमा रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई फ*साउनलाई नै गरेको यो ष*ड्यन्त्र गरिएकाे जस्तो देखिन्छ । शालिकराम पुडासैनीले आ*त्म*ह*त्या गरेको होइन शालिकराम पुडासैनीको ह*त्या भएको हो भन्ने मेरो बुझाइ छ।

प्रहरी महानिरीक्षक ज्यु, तपाईंलाई केही कुराहरू ध्यानाकर्षण गराउन गइरहेको छु । यसभन्दा पहिले पनि रबि लामिछानेको नाम ब*दनाम गराउने मनसायले उहाँको पहिलो श्रीमतीसँग सम्बन्ध वि*च्छेद नभई नै निकिता पौडेलसँग विवाह गरेको भनेर अति चर्चाको विषय बनाइएकाे थियाे । आखिरमा रबि लामिछानेले निकिता पौडेलसँग विवाह गर्नुभन्दा पहिले नै सम्बन्ध विच्छेद गरिसकेका रहेछन । योजनाकारहरु पहिलो योजनामा रबि लामिछानेको नाम ब*दनाम गराउनमा असफल भए।

प्रस्तोता रबि लामिछानेको सीधा कुरा जनतासँग कार्यक्रमका कारण धेरै भ्र*ष्टाचारीहरु, मा*फियाहरु र नेताहरू आज नांगेझार भएका छन् । उनिहरुको लु*टको महलमा रवि र उनको कार्यक्रम आज बाधक बनेको छ । यो सबैतिरबाट छर्लङ्ग भएको विषय हो । रवि लामिछानेले न्यूज २४ मार्फत कार्यक्रम सञ्चालन गरेपछि धेरै समाजका कुतत्वको निद ह*राम भएको कुरा यहाँलाई पनि प्रष्टै छ ।

महानिरीक्षक ज्यु, तपाईंलाई कसैले तपाईं अ*पराधी हो भन्दैमा के तपाईं हत्यारा हुनु हुन्छ र ? के कुनै जिम्मेवार क्षेत्रमा काम गरेको व्यक्तिलाई कसैले अपराधी भन्दैमा वा ह*त्या*रा भन्दैमा त्यसले भनेको बोलीका आधारमा मात्रै अपराधी वा ह*त्या*रा मान्न मिल्छ र ?

आ*त्म*ह*त्याकै कारण सबै हत्यारा बन्ने हो भने प्रहरी महानिरीक्षक ज्यु, भोलिको आउने दिनहरुमा प्रहरीहरुलाई अपराधी पक्राउ गर्न पनि गाह्रो हुन्छ । प्रतिशोधको भावनाले मानिसको आ*त्म*ह*त्या गर्ने विकृ*ति र चाहना पनि बढ्दै जान्छ। के यसतर्फ ध्यान आवश्यक छैनन् र ? अनि अर्को कुरा पुडासैनीको मानसिक रोगको विषयमा पनि कुराहरु बाहिर आएको छ । के एक मानसिक रोगीले केहि ग*लत आ*रोप लगायो भने त्यो स्वीकार्य हुन्छ र ? मेरो बुझाई अनुसार अदालतमा पनि मानसिक रोगीहरुको भनाईलाई त्यति महत्व दिइन्न ।

महानिरीक्षक ज्यु, प्रहरी संगठनहरुमा पनि रबि लामिछानेको फ्यान वा साथीहरु धेरै छ्न । भोलि यही रबि लामिछानेको विषयवस्तुलाई लिएर प्रहरी संगठन भित्र वि*द्रोह भयो भने के गर्नु हुन्छ ? यसकारण मुलुकमा आगो लाग्नुभन्दा पहिले बुझाउन ठिक हुनेछ जस्तो मलाई लाग्छ । बरु पत्रकार शालिकराम पुडासैनीको ह*त्या गर्ने वास्तविक ह*त्या*राको पत्ता लगाउने काम गरेमा यसले पत्रकार शालिकरामको आत्माले पनि शान्ति पाउने छ । प्रहरी महानिरीक्षक ज्यु मैले गलत कुरा लेखेको भएमा क्षमा प्रार्थी छु । बाँकी हजुरको विचार ।

स्वतन्त्र नेपाली नागरिक :
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं.०२
मोबाइल नं. : ९८४८०५५७७६ र ९८१२४९१३९७

Loading...

Related Articles

Back to top button
Close