समाचार

अदालतमा अस्मिताले दिएको बयानले गर्दा आज रवि छुट्न सक्दैनन् : हेर्नुहोस के भनीछिन् अस्मिताले

रवि लामिछाने र अस्मिता कार्की ले दिएको बयानमा दुईजनाको मत आपसमा बाझिएको अधिवक्ता गोपीलाल देवकोटाले बताए। देवकोटाका अनुसार अस्मिताले आफ्नो कारणले नभई रवि र युवराजका कारण शालिकरामले आ त्मह त्या गरेको हो भनी बयान दिएकी छन्। उनले बयानमा आफ्नो र शालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले शालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर एकपटक मात्रै सोधेको बताएकी छन्। उनीहरूबीचको मत कता तिर बाझिएको छ भने रविले आफुले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन् ।

आर्कातिर अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन्। यस्तै, रविले बयानका क्रममा शालिकरामसँग प्रत्यक्ष संवाद थिएन, सम्पर्क थिएन भनेका छन्। तर एउटै टेलिभिजनमा, एउटै टिममा रहेर काम गरेको, विभिन्न रिपोर्ट तयार पार्दा सँगै गएको विषय आइसकेकाले उनको यो क्रियाकलापले रविलाई नै अफ्ठ्यारो पर्न सक्ने कानुनविदको भनाइ छ। रवि र अस्मिताले फरकफरक मत राख्दा त्यसको असर रविलाई नै पर्न सक्ने अधिवक्ता देवकोटाको अनुमान छ।

रविले बाहिर निस्किएको केही मिनेटमा आफू निर्दोष रहेको प्रमाणित गर्ने बताएका छन्। अधिबक्ता देवकोटाले भने रविलाई छाडियो भने ५ मिनेटमा प्रमाण नष्ट हुने अथवा आफ्नो पक्षको सबुत सार्वजनिक गर्ने भएकाले उनको हिरासत बसाई लम्बिने सम्भावना रहने बताए। यस्तै एउटा युट्युव च्यानलसँग कुरा गर्दै प्रहरी प्रमुख दान बहादुर मल्ले आफूलाई नियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका थिए। उनले आफूलाई मा र्न पनि सक्ने आशंका व्यक्त गरेका छन भने गोप्य भनिएको भिडियो सामग्री चोरेर मिडियालाई दिएकाले मल्लमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन्।

तेस्रोपटक म्याद थप हुने सम्भावना कति? तेस्रोपटक म्याद थप हुने सम्भावना ९० प्रतिशत रहेको अधिवक्ता देवकोटाले बताए। अभियोग पत्र तयार भइनसकेकाले उनीहरू तिनै जनाको म्याद थपिने सम्भावना रहेको उनको भनाइ छ। सरकारले २५ दिनभित्र सम्बन्धित विषयको अनुसन्धान सकाउनुपर्ने भएकाले कतिपटक भन्दा पनि कति दिन भयो भन्ने विषयले प्राथमिकता पाउने उनको भनाइ छ ।

Related Articles

Back to top button
Close