समाचार

न्यायलयबाट न्याय पाउनेछु, तर देश भाँ*डुवाहरु मेरो नाममा चितवनमा र*ग*त बगाउन चाहन्छन् – रवि

काठमाडौ । पत्रकार शालिकराम पुडासैनी मृ त्यु प्र करणमा मृ त्युको अन्तिम क्षणमा शालिकरामको आ रोपका आधारमा कारण सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युबराज कँडेल र नर्स अस्मिता कार्की प क्राउ परे । उनीहरु बि रुद्ध अभि योग पत्र दर्ता भएको छ ।

यो सन्र्दभमा अहिले देश नै विभाजित भएको छ । आ रोप लागेपछि दोषी या नि र्दोष भन्ने एकीन गर्नु राज्यका निकायको दायीत्व हो । प्रहरीको अनुशन्धान र अदालतको न्यायीक प्रक्रिया प्रभावित हुनेगरी नागरिकले बोल्नु हुन्न भन्ने एक पक्ष छ भने अर्को पक्ष सडकमा नै उ त्रिएको छ ।

बरु रविले नै आजै एक स्टेटमेण्ड दिँदै म समेतको बयान कार्य हुन नभ्याईएकोले भोली बाँकी कार्य सम्पन्न भई न्यायलयबाट न्याय पाउनेमा हामी विस्वस्त छौं भनेका छन् ।” पत्रकार दिपक बोहोरा मार्फत सामाजिक सञ्जालमा प्रस्तुत गर्न लगाउँदै उनले भनेका छन् “देश तथा विदेश मा रहनु हुने न्यायको लागि अहोरात्र चिन्तित हुनुहुने सबै प्रति म हृदयदेखि धन्यबाद नदी बस्न सकिन । न्यायालय प्रतिको तपाई हाम्रो बिस्वास कदापि टूट्ने छैन “

तर यता रविको नाममा केही शक्तिहरु देश नै भाँड्न खोजिरहेका छन् । देशलाई कसरी अस्थिर बनाउँन सकिन्छ भन्ने सोच्नेहरु रविको नाममा देशमा देशभरी अ*शान्ति म*च्याउन चाहान्छन् । यसैका लागि उनीहरु चितवनमा र*ग*त बगाउँन चाहान्छन् । यसको प्रयोग सोझा साझा सामाजिक सञ्जाल प्रयोगकर्ता नागरिक परेका छन् ।

उनीहरु चर्को घाम र उखरमाउलो गर्मीमा चितवनमा नारावाजी र प्रहरीमाथी खनिन पछि परेका छैनन् । २१ औ शताब्दिमा न्याय भीडबाट हैन पद्धतीबाट हुन्छ भन्ने ज्ञान समेत नभएका नागरिकहरुको भीड कुन शक्तिले उतारिरहेको छ । केही सचेत बर्ग चकित बनेको छ ।

यसैले सबैले सोचौँ न्याय भीडले किमार्थ दिन सक्दैन । पद्धतीले दिन्छ । पद्धती चुकेको छ या छैन । नियालेर शान्तिपूर्ण रुपमा त्यसको आँकलन गरौँ । गहकिलो बहस र बक्तव्य मात्र प्रस्तुत गरौँ

Related Articles

Back to top button
Close