समाचार

भर्खरै चितवनमा बम विस्फोट, रातमा पनि आतंकित बन्यो चितवन

पूर्वी चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट भएको छ । कयर खोला किनारमा आज साँझ बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिस्फोटबाट मानविय र भौतिक क्षति नभएको प्रहरीको भनाई छ । विप्लब नेतृत्वको नेकपाले भोली आब्हान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा विस्फोट गराएको हुनसक्ने प्रहरी अनुमान छ ।चितवनमै दिनभरी पुडासैनी प्रकरणले प्रदशन कारी र प्रहरी बीच पनि झडप हुदा दिनभरी आतंकित भएको छ । रवि लामिछाने पक्राउ परे यता केहि दिन देखि चितवनमा सर्वसाधारणले जुलुस निकालेर रविको रिहाइको माग पनि गरेका छन् ।

यो पनि पढ्नुहोस : विप्लव समुहको सोमबार चितवन बन्द ‘विज्ञप्तिसहित’

नेत्रविक्रम चन्द विप्लव नेर्तत्वको नेपाल कम्युनिष्ट पार्टीले बिज्ञप्ती जारी गर्दै भदौ ९ गते सोमबार चितवन बन्दको आह्वान गरेको छ ।नेकपा चितवन सेक्रेटरी धुर्व र ईन्चार्ज शार्दुलद्वारा जारी बिज्ञप्तीमा भदौ ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस र ९ गते चितवन बन्द कार्यक्रम रहेको उल्लेख छ । राप्ति ११ को आहोलेवाङ्गं भन्ने गाउमा नेपाल कम्युनिट पाटिले बनाएको प्रतिक्षालय प्रहरीले भत्काएको कारणले त्यसको विरोधमा नेकपाले सोमवार चितवन वन्दको आवहान गरेको विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ “जनतालई आतंकित वनाउँदै निर्माण भईरहेको प्रतिक्षालय भत्काउने र आगजनि गर्ने कार्यले आँफु पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भ पन हो ।”यसले विकासमा वाधा पुर्याउने पार्टीको ठहर रहेको छ विज्ञप्तिमा भनिएको छ ।

Related Articles

Back to top button
Close