समाचार

पुडासैनीकी प्रेमिका भनिएकी अस्मितालाई न्याए दिलाएर छोड्छु भन्दै मिडियामा आइन वकिल शीतल पाण्डे (भिडियो)

शालिकराम पुडाशैनीको प्रेमीका भनिएकी अस्मिता कार्की रुकु अदालतमा मुद्दा लड्न अधिवक्ता समेत पाइनन् । रवि लामिछाने संगै सोही मुद्दामा प्रहरी हिरासतमा रहेकी रुकुको आर्थिक अवस्था समेत कमजोर छ । रवि लामिछानेका लागि दर्जनौ अधिवक्ता वहसका लागि लाइन लाग्दा उही मुद्दामा हिरासतमा रहेकी एउटी युवतीले भने अधिवक्ता समेत पाइनन् । अस्मिताका परिवारका सदस्यले मुद्दाका लागि अधिवक्ता खोज्दा नपाएपछि अधिवक्ता शीतल पाण्डेको दैलोमा पुगेका छन् ।

शितलले अस्मिताले अधिवक्ता समेत नपाएको उनका परिवारले आफुलाई बताएको जानकारी दिइन् । आफु अप्ठेरोमा परेकाहरुको न्यायका लागि लड्ने भएकाले अस्मिताको मुद्दा आफुले स्वीकार गरेको उनको भनाई छ । रवि लामिछाने चर्चित ब्यक्ति भएका र रवि संग पैसा पनि भएका कारण सबै उनकै पछाडी लागेको अभिवक्ता शितलको भनाई छ । तर उही मुद्दामा एउटा युवतीले मुद्दा लड्नको लागि अधिवक्ता समेत नपाउनु निकै दुखलाग्दो कुरा भएको उनको प्रतिकृया छ । सबै अधिवक्ता आएर रवि लामिछाने र युवराजको पक्षमा बोलिदिए तर अस्मिताको लागि भने कसैले नबोलिदिएको उनले बताइन् ।

उनी अन्यायमा परेको उनको भनाई छ । अधिवक्ता पाण्डेले अहिले सम्म सार्वजनिक भएको प्रमाणका आधारमा दुरुत्साहन पुष्टि नहुने तर्क गरिन् । पुडाशैनीको सार्वजनिक भएको भिडियो लगायतका प्रमाणले दुरुत्साहन नहुने उनको भनाई छ । रुकुले पुडाशैनी विवाहित हो भन्ने थाहा पाएपछि उनी पुडाशैनीसंग टाढिएको अहिलेको घटनाक्रमले देखाएको उनको तर्क छ । एउटा महिलाले जव आफुले मन पराएकै ब्यक्ति किन नहोस् त्यो ब्यक्ति विवाहित हो भन्ने थाहा पाएपछि टाढिनु उनको दोश नहुने अधिवक्ता कार्कीको भनाई छ । त्यसैले अस्मिताले दुरुत्साहन गर्न नमिल्ने बताइन् ।

Related Articles

Back to top button
Close