भिडियो

कलाकार उफ्रिएर के गर्नु, फिल्म त चल्दैन

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म हजार जुनी सम्मको कार्यक्रमपछि आएको शिर्षकलाई लिएर युटुबरसँग लफडा गरिन् । उनी, युटुबर त पत्रकार नै होइनन् भन्दै हिडिन् । कुनै पनि स्थानमा इन्टरभ्यू दिने वा नदिने, कलाकारको अधिकारको कुरा भयो । स्वस्तिमा हजार जुनी सम्मका लागि दौडिइन् । उनको दौडाइ यति धेरै थियो कि, दर्शकको ध्यान पुरै तानिनुपर्ने हो ।

तर, हजार जुनी सम्मका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री स्वस्तिमा खड्काको दौडाइले काम नै गरेन । खै, किन हो किन फिल्मप्रति दर्शकाको आकर्षण नै देखिएन । कलाकारको आकर्षणको कुरा गर्दा, अभिनेत्री नम्रता श्रेष्ठमा पनि दर्शकको मन गएन ।

शुक्रबारदेखि चलेको फिल्म जाइरा असफल भयो भनेर अहिले नै भनिहाल्न हतार हुन्छ । तर, फिल्मको कमजोर समिक्षा र दर्शकको इनिसियल उपस्थिती हेर्दा फिल्म कमजोर व्यापार र समिक्षागत रुपमा देखिएको छ ।
यो फिल्मका लागि अभिनेत्री नम्रता श्रेष्ठले दौडधुपमा खुबै समय लगाइन् । उनले, कस्ता र कहाँ कुराकानी गर्न भ्याइनन् होला

तर, सधै कलाकारले सोचेजस्तो भएन । न त नम्रताको दौडधुपले काम गर्यो न त स्वस्तिमा र आर्यनको दौडधुपले काम नै गर्यो । फिल्म प्रचारका लागि अहिले कलाकारहरु सकेको मेहेनत गर्छन् । तर, सबैको मेहेनत सफल भने भएको छैन । यसअघि पनि कलाकारको दौडधुपले सार्थकता पाएको थिएन । फिल्म दाल भात तरकारीका लागि अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्माको दौडधुपले पनि काम गरेको थिएन ।

यो भिडियो पनि हेर्नुस

फिल्म बरु राजधानीका केही हलमा चलेर लगानी उठाउन त सफल भयो, तर राजधानी बाहिर त फिल्मको व्यापार कमजोर भयो । यसपटक जाइरालाई संचारकर्मी रवि लामिछानेको हिरासतपछिको अवस्थाले पनि प्रभाव पारेको देखिएको छ । किनकी, सिंगो देशको ध्यान नै रवितर्फ मोडिदा जाइरातिर ध्यान दिने दर्शक कम भए ।

तर, फिल्म चल्न छाडेका छन् । कलाकार उफ्रिए पनि त्यसले काम गर्न छाडेको छ । फिल्म आइतबारबाट नचल्नु कथाको प्रभावमा भर पर्छ । तर, शुक्रबार र शनिबार नै दर्शक नआउने दुखद कुरा हो ।यो बिषयमा सोच्नुपर्ने बेला आएको छ । नेपाली फिल्मप्रति देखिएको यो खालको सुनसान अवस्था कहिले तोडिएला ?यो भिडियो पनि हेर्नुस

Related Articles

Back to top button
Close