भिडियो

भ्वाइस अफ नेपालमा पुगेकी झुप्रिले सबैलाई रुवाइन, कोचहरुनै तीनछक – भिडियो

आफैभित्र गुन्जिने एउटा आवाज ‘दि भ्वाइस अफ नेपाल’को ठुलो मन्चमा पुग्न सफल भएको छ। सुदूरपश्चिमको अछाम मंगलसेन ६ कि झुप्री भण्डारी भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन पार गर्न सफल भएकी छिन । गीतलाई आफ्नो साथी मान्ने झुप्रीले ब्लाइन्ड अडिसनमा गाएको आफैले बनाएको ठाडीभाका गीत ‘सम्झी रुना रुना’ले कोचहरुको मन मात्रै जितें ४ ओटै कुर्सि घुमाउन समेत सफल भएको छ । झुप्रिले गाएको मौलिक गीत र मौलिक आवाजको तारिफ सवै कोचहरुले गरेका छन् ।

उमेरले ३० बर्ष लागेकी झुप्री यो समयावधि ३० जुनी लागेको महसुस गर्छिन । उनलाई जिन्दगीको कुनै माया नै छैन बरु आफुलाई जन्माएकोमा बूढा बा आमाप्रति नै प्रश्न गरिरहन्छिन । झुप्रिले गाउने हरेक गीतको मूल आसयनै आफु किन बचिरहेकी छु भन्ने नै हुन्छ । उनले अडिसनमा गाएको गीत हेरौ

दिन मलाई वर्षदिन जति सम्झी रुना रुना
आमाले मारिनन् किन मलाई हुना हुना
यो गीतमा झुप्रिले आफुलाई सम्झेर रुंदा रुंदा दिनहरु बर्षदिन जस्तै लामा लाग्ने बताएकी छिन भने तल्लो हरफमा आमाले मलाई जन्मिने बित्तिकै किन मरिनन भनेर प्रश्न गरेकि छिन । यो मात्र होइन उनका हरेक गीत यस्तै मन छुने छन्, आफ्नै कथा व्यथा बोलेका छन्, आफ्नो मनमा लागेको यथार्थ बोलेका हुन्छन । एउटा सामान्य जनजीवनमा ३० बर्ष गुजारेकी झुप्री यतिबेला देशकै ठुलो सांगीतिक मंचमा पुगेकी छिन । आफ्नो समाजदेखि सधै दुखेसो गरिरहने उनि अब मान्छेले आफुलाई नकारात्मक दृष्टिकोणबाट नहेरुन भन्ने चाहन्छिन ।भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close