खेलकुद

सुजल श्रेष्ठ बने राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेन

मिडफिल्डर सुजल श्रेष्ठले मलेसियाको जोहोर दारुलविरुद्ध नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ टोलीमा नरहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुजललाई कप्तान नियुक्त गरेको हो । व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार सुजललाई कप्तान र गोलरक्षक विकेश कुथुलाई उपकप्तानको जिम्मेवारी दिइएको छ

नेपाल र मलेसियाको लिग च्याम्पियनबीच भदौ ९ गतेका लागि मैत्रीपूर्ण खेल तय भएको छ । त्यसमा सुजलले कप्तानी गरेपनि त्यो औपचारिक रुपमा राष्ट्रिय टोलीको कप्तानीमा भने गणना हुने छैन । नियमित कप्तान विराजलाई यसपटक आराम दिइएको थियो भने उपकप्तान भरत थाइल्याण्ड र किरण जापानमा रहेका छन् ।विश्वकप छनोट अन्तर्गत कुवेतसँग भदौ १९ गते पहिलो खेल खेल्नुअघि मलेसियाली क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मलेसिया जाने टोलीको विदाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का कार्यवहाक सदस्य सचिज राजेश गुरुङले विदाई गरेका थिए ।

Related Articles

Back to top button
Close