समाचार

अस्मिता कार्कीको लागि कुनै अधिवक्ता बहस गर्न तयार भएन !

चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्र*करणका आ*रोपितहरु पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप ५ दिन हि*रासतमा राख्न अनुमति दिएको छ । अ*नुसन्धान नसकिएकाले मंगलबार म्या*द थपका लागि भएको ब*हसमा सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले आधार र कारण खुलाई थप १० दिनको समय माग गरेकोमा जिल्ला अदालत चितवनले पाँच दिनको पुनः थप समय दिएको थियो ।

यसअघि गत साउन ३० गतेबाट लागू हुने गरी पहिलोपटक पाँच दिनको म्या*द थप भएकोमा भदौ २ गते म्या*द सकिएपछि हिजो ३ गते पुनः म्या*द थपका लागि अदालतमा पेश भएको थियो । प्र*तिवादी रवि र युवराजका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चूडामणि सापकोटाले बहस गरेका थिए । ब*हसका क्रममा ती अधिवक्ताहरुले प्रहरीसँग मात्रै भएको भनिएको भिडियो कसरी मिडियामा गयो भनी छा*नबिनका लागि मा*ग गरेका थिए ।

म्याद थपकै बहसमा एक–एक घन्टा लामो बहस पन्त र पोखरेलले गरेका थिए । यस घ*टनाकी एक आ*रोपित अस्मिता कार्कीको बहसका लागि कुनै पनि अधिवक्ता तयार भएनन् । रवि र युवराजको पक्षमा पूर्वमहान्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताले व*कालत गरे पनि अस्मिताको प*क्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ ।आ*रोपित रवि लामिछानेसँग झन्डै पाँच घन्टा ब*यान लिइएको छ ।

मृ*तक पुडासैनीको पो*स्ट मा*र्टम रिपोर्टमा झु*न्डिएर आ*त्मह*त्या गरेको भनी उल्लेख गरिएको छ । उनको आ*त्मह*त्या नभई ह*त्या भनी आ*ममानिसमाझ ब*हस भइरहँदा रि*पोर्ट भने आ*त्महत्या* नै भनी सार्वजनिक भएको छ । पो*स्ट मा*र्टम रि*पोर्टसँगै मृ*त्युअघि रेकर्ड गरिएको भिडियो फरेन्सिक ल्याब परीक्षणबाट मृ*तक शालिकरामकै आवाज भएको पुष्टि भएको छ । प्राप्त प्रमाणहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले अध्ययन अनुसन्धान गरिरहेको छ ।

Loading...

Related Articles

Back to top button
Close