समाचार

रवि लामिछाने सहित तीन जनालाई आज पनि पुर्याइयो चितवन जिल्ला अदालत, निर्णयको ब्यग्र प्रतिक्षामा उनका समर्थक

काठमाडौं, ३ भदौ । पत्रकार शालिकराम पुडासैनीको घ टनामा रवि लामिछाने सहित तीन जना प क्राउ परेको आज पाँचौ दिन पुरा भएको छ । यस अघि अदालतले तीन जनालाई पाँच दिन थु नामा राखेर अनु सन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यो विचमा सरकारी वकिल कार्यालयमा लगेर तीन जनाको वयान लिइसकिएको छ । सबै प्रकृया पुरा गरेको प्रहरीले आज फेरी तीन जनालाई अदालतमा उपस्थितिका लागि लगेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई चितवन जिल्ला अदालत उपस्थित गराइएको छ । आज ९मंगलवार० विहान दश बजे नै उनिहरुलाई अदालत पु¥याइएको बताइएको छ ।

पाँच दिनको अनुसन्धान र बयानपछि छैठौ दिनमा अदालत उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए । अदालत पेस गरिएकोमा लामिछाने सहित न्यू २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की रहेका छन् । उनिहरुलाई पत्रकार पुडासैनीलाई दे ह त्या गका लागि दुरु त्साहन गरेको अभियोग लागेको छ । आज अदालतबाट म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ ।

रवि लामिछानेलाई सहित तीन जनाको हिजो पनि बयान लिइएको थियो । लामिछाने सहित तीनै जनालाई सरकारी वकिलको कार्यालय पु¥याइ हिँजो बयान लिइएको हो । प्रहरी कार्यालय अगाडी चार दिन देखि रविका समर्थकको प्रद र्शन जारी रहेका कारण उनलाई सुटुक्क सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको थियो ।अवस्था थप जटिल हुन नदिन प्रहरीले चितवनमा सतर्कता अपनाएको हो ।

अदालतले थपेको पाँच दिन सकिएका कारण तीनै जनाको बयान लिइएको हो । सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मु द्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । निषे धित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो । यसैबीच नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रक रणमा निर्दोष जे ल पर्ने र दो षी छुट्ने काम हुन नहुने जनाएको छ ।

कांग्रेसले आज प्रेषित गरेको विज्ञप्तिमा घट नाको ग म्भीररुपमा छा नबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरिएको हो ।नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन हुनु हुँदैन भन्दै विधिको शासन र स्वतन्त्र न्यापपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ रहेको उल्लेख छ । कांग्रेसले चितवनको पछिल्लो जनप्र दर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको देखाएको पनि निष्कर्ष निकालेको छ । विज्ञप्तिमा पछिल्ला पद र्शनमा सरकार र सम्बन्धित निकायलाई सचेत रहन पनि अनुरोध गरिएको छ ।

Loading...

Related Articles

Back to top button
Close