भिडियो

रवि लामिछानेलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिए किशोर श्रेष्ठले (भिडियोसहित)

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले न्यूज २४ टेलिभिजनका चर्चित प्रस्तोत रवि लामिछानेलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा छानबिनका लागि रविसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि श्रेष्ठमाथि विभिन्न आशंका र आरोप लाग्न थालेको थियो ।

श्रेष्ठले रविलाई फसाउन खोजेको लगायतका आरोप लाग्न थालेपछि क्यानडानेपालका प्रतिनिधिलाई बोलाएर आफ्ना धारण सार्वजनिक गरेका हुन् । केही महिनाअघि श्रेष्ठ र रविबीच टकराव चलेको थियो । तर, आफूले रविप्रति कुनै रिस नसाँधेको श्रेष्ठको दाबी छ । बरु आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै उनले रवि दोषी हुन् वा निर्दाेष कानुनले भन्ने बताए । सोही क्रममा श्रेष्ठले रविलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिए । हेर्नुहोस् उनै श्रेष्ठसँग लिइएको भिडियो अन्तर्वार्ता:

रक्सी खाएर हल्ला गर्नेलाई दस हजार जरिवाना

स्थानीय सरकारहरू अचेल रक्सी नियन्त्रण गर्न ‘कडा’ रूपमा प्रस्तुत भइरहेका छन्। सुदुरपश्चिम प्रदेशस्थित बाजुराको गौमुल गाउँपालिकाले ‘मदिरा सेवन कार्ड’ बनाएको छ। एक दिन पाहुना हुन गेका व्यक्तिले पनि रक्सी खानुपरे दुई सय रूपैयाँ तिरेर ‘अतिथि मदिरा कार्ड’ लिनुपर्छ। जति चाह्यो त्यति पिउन पनि पाउँदैनन्।

यस्तै नियम कर्णाली प्रदेशस्थित रूकुम पूर्वले पनि लागू गरेको छ। आठबीसकोट नगरपालिकाले मदिरामुक्त नगरपालिका बनाएको हो। नगरपालिकाको जेठ ९ गतेको नगरस्तरीय बैठकले मदिरा खाएर हो-हल्ला तथा झगडा गर्ने होस् या मदिरा बिक्रीवितरण गर्नेलाई, जरिवाना तोकेको छ।

रक्सी नियन्त्रण गर्ने अभियानलाई नगरपालिकाले सबै वडामा पुर्‍यायो। टोलटोलमा सभा भए। गाउँका महिला तथा बालबालिकाले नगरपालिकाको अभियानलाई साथ दिए। कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालालाई बोलाएर नगरपालिकालाई मदिरामुक्त घोषणा नै गरिएको थियो।

Loading...

Related Articles

Back to top button
Close