समाचार

रवि लामिछानेलाई भेट्न लोकप्रिय गायक रामकृष्ण ढकाल चितवनमा

पछिल्लो समय पत्रकार सालिकराम पुडासैनीको आ’त्मह’त्या प्रकरणमा लोकप्रिय कार्यक्रम प्रस्तोता रवि लामिछाने प्र’काउ परे सँगै घ’टना झन् झन् गम्भीर हुँदै गइरहेको छ । देशका विभिन्न ठाउँ बाट रवि लामिछानेको समर्थनमा आम दर्शक, समर्थक सडकमा उत्रिएका छन् । यसै क्रममा लोकप्रिय वरिष्ठ गायक राम कृष्ण ढकाल अनुसन्धानको लागी हिरासतमा राखिएका रवि लामिछानेलाई भेट्न चितवन प्रस्थान गरेका छन् ।

जाँदाजाँदै उनले लेखेका छन् : “सत्य कहिले हार्दैन, यदि कदमकदाचित हार्‍यो भने त्यो सत्य होइन !!! सत्यको जीत हुन्छ रवि । निस्पक्ष र पारदर्शी अनुसन्धान होस् ।” सालिकराम प्रकरणमा हिरासतमा रहेका रवि लामिछाने , युवराज कडेल , अस्मिता कार्की ( रुकु) लाई प्रहरीले भोलि अदालत उपस्थित गराउँदैछन्, पोस्टमा’र्टम रिपोर्ट पनि चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको हातमा परिसकेको छ

लामिछाने समर्थकहरूले आजको दिनसम्म पनि शान्तिपूर्ण आन्दोलन गर्न छाडेका छैन, रविको रिहाइ माग सहित दो’षीलाई कारबाही हुनुपर्छ भन्दै जनता सडकमा उत्रिरहेका छन् । पुडासैनीले आ’त्मह’त्या गर्नु पहिले मोबाइलमा रेकर्ड गराएको भिडियोमा पत्रकार रवि लामिछाने सहितका अन्य दुई व्यक्तिको नाम लिएका कारण आ’त्मह’त्या गर्नु परेको उल्लेख छ । सोही आधारमा प्रहरीले पत्रकार लामिछाने सहित अन्य दुई जनालाई प’क्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यो पनी हेर्नुहोस्ः करिष्मा मानन्धर भन्छिन्ः रवि लामिछानेको पक्षमा आएका जनतालाई भेडो भनेको होइन (भिडियो सहित)
काठमाडौँ,२ भदौ । सामाजिक सञ्जालमा लेखेको स्टाटसले गर्दा सदाबहार नायिका करिश्मा मानन्धर विवादमा तानिएकी छिन् । केही दिन पहिले सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसको कारण उनले धेरै दर्शकहरूको गाली समेत खाइन् । उनले उक्त स्टाटस विवादित बनेपछी आइतबार फेरी अर्को स्टाटस लेख्दै त्यसलाई प्रस्ट पारेकी थिइन् । उनले आफ्नो भनाइ एउटा रहेको र आम दर्शक, सर्वसाधारणले अर्कै बुझेको भन्दै त्यसको खण्डन समेत गरेकी छिन् ।

यस्तो थियो उनले लेखको पहिलो स्टाटस्ः
“राज्यले गर्नुपर्ने कामकाज निजितवर बाट हुनु खतरनाक हुन्छ ! नत्र किन चाहियो संसद, संविधान, राज्य समयन्त्र ? यत्रो तिरो तिरी रहेको छौ । तपाईंहरुले नैतिकता न–गुमाएको भए यो समस्या आउने थिएन । अब गंगामा हात धुनेले आँट गरे । पहिल्यै भनेको थिए येस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ । सानो देशको व्यवस्था र संबंधित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ? अब भोग्नुस ! भेडाहरु को कोलाहाल !-

तर अहिले नायिका मानन्धरले उक्त स्टाटस डिलिट गरि अर्को स्पष्टीकरण सहिको स्टाटस् लेखेकी छिन्;उनको पछिल्लो लेखमा अधिकांश कमेन्ट देशको गहना नायिका भएर शब्द चयनमा चुकेको भन्दै माफि माग्न अनुरोध गरेका छन् ।”

करिश्माको दोस्रो स्टाटस्ः

उनले त्यहाँ ‘भेडा’ शब्द प्रयोग गरेकी थिइन् र जनतालाई भेडा भनेको भन्दै उनको स्टाटसमा थुप्रै कमेन्टहरु आएका थिए । उनले आफ्नो कुनैपनि विषयमा गलत नियत नरहेको र कोही कसैलाई यसबाट नराम्रो असर पुगेको भए माफी समेत मागेकी छिन् । हेरौं भिडियोमा :

Related Articles

Back to top button
Close