भिडियो

रविले यी युवासँग आखिर किन मागेका थिए पाँच लाख ? सनसनीपूर्ण खुलासा गर्दै आए मिडियामा (भिडियो सहित)

काठमाडौं । संचारकर्मी रवि लामिछानेको अर्को कर्तुत फर्दाफास गर्दै एक युवा मिडियामा आएका छन् । न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई पूर्वमाओबादी लडाकु रक्षकुमार राईले पाँच लाख घुस मागेको आरोप लगाएका छन् । राईले कतारको जेलमा दुखदायी जेल जीवन विताइरहेका इलामका प्रेम राईलाई बचाउन संचालन गरेको सहयोग अभियानको क्रममा रविले पाँच लाख घुस मागेको बताएका छन् ।

प्रेम बचाउ अभियानका अभियन्ताले प्रेमका बारेमा केही बोलिदिन आग्रह गर्दा पाँच लाख मागेको उनको भनाई छ । उनले भने, ‘हामी रविलाई समाजसेवी भनेर भेट्न गएका थियौं तर उनले आफू पाँच मिनेट बोलेको पाँच लाख लिन्छु भन्दै पन्छिएपछि उनको कर्तुत थाहा भयो ।’ पैसा हस्तान्तरण गर्नलाई बोलाउदा भने खुरुक्क गएको राईले आरोप लगाएका छन् । रवि अमेरिकी नागरिक भएको र नेपालमा उनि गैरकानुनी रुपमा बसेको समेत उनले आरोप लगाए । नेपालमा समाजसेवाको नाटक गर्दै पैसा कमाउन अमेरिकाबाट फर्किएकोे बताउँदै पैसाका लागि जेपनि गर्न रवि तयार भएको उनको भनाई छ ।हेर्नुहोस पुरा भिडियो:

Related Articles

Back to top button
Close