समाचार

नेकपाका नेता भन्छन्, ‘पूर्वयुवराज पारसलाई गि रफ्तार गर’

काठमाडौं, २ भदौ । विमानस्थलमा डिउटीमा रहेका सुरक्षाकर्मी माथि हात उठाएका पूर्वयुवराज पारस शाहलाई गि रफ्तार गर्न सत्तारुढ नेकपाका एक प्रभावशाली युवा नेताले माग गरेका छन् । अधिवक्तासमेत रहेका नेकपा नेता सुरेन्द्र बस्नेतले पारसलाई तत्काल गि रफ्तार गर्न माग गरेका हुन् ।उनले पटक पटक गल्ती गर्दा पनि उन्मुक्ति पाएको भएपनि अब भने कानुन बमोजिम कार वही गर्नुपर्ने माग गरेका छन् ।

बस्नेतले राजकाजमा रहेका बेला विगतमा गायक प्रवीण गुरुङ ह त्या, अर्का गायक रामकृष्ण ढकालमाथिको कु टपि ट लगायतका घटनामा शाहलाई उन्मुक्ति दिइएको बताएका छन् । पारसलाई यसपटक छोड्न नहुने उल्लेख गरेका छन् ।‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कयौं आमसञ्चारका माध्यम र सयौं मान्छेका अगाडि ड्युटीमा रहेका प्रहरी नायव निरीक्षकलाई सार्वजनिक रुपमा मु क्का हा न्ने पारस शाहलाई तुरुन्त गि रफ्तार गरी का रबाही गरियोस् ।

विगतमा प्रवीण गुरुङको ह त्या लोकप्रिय गायक रामकृष्ण ढकालमाथिको कुट पिट लगायतका सयौं आ पराधिक घ टनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई अहिले पनि असनको साँढेजस्तै छाड्नु जरुरी छैन । यो लोकतन्त्र हो’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । पासरले थाइल्याण्डमा रहेका बाबु ज्ञानेन्द्र भेट्न जान लागेकी आमा कोमल र छोराछोरीलाई विमानस्थलमा बिदाइका लागि गएका बेला प्रहरीका नायब निरीक्षक (सई) माथि कुट पिट गर्न हात उठाएको घटना बाहिर आएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

Related Articles

Back to top button
Close