अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानी सेनाको गो लीले गोर्खा सैनिक सन्दीप थापाको गयो ज्या न

नयाँदिल्ली । जम्मुक–कश्मीरको राजौरीस्थित पाकिस्तानी सेनाको गो ली प्रहा रबाट एकजना नेपाली मूलका भारतीय सेनाको मृ त्यु भएको छ । शनिबार बिहानको घटनामा भारतीय गोरखा सैनिकका लेस नायक सन्दीप थापाको मृ त्यु भएको बताइएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृ तक थापा देहरादुनका हुन् । जवाफी फा यरिङ स्वरुप भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्व स्त बनाएको पनि बताइएको छ । यस अघि पनि भारतीय र पाकिस्तानी सेनाको दोहोरो गा ली हाना हानमा ८ जनाको मृ त्यु भएको थियो । घटनामा ५ भारतीय र ३ पाकिस्तानी सेनाको ज्या न गएको थियो । भारतले कस्मिरको स्वायत्तता खोसेर केन्द्र मातहत ल्याएपछि त्यहाँ त नाव उत्पन्न भएको थियो । भारतको सो निर्णय पछि भारत र पाकिस्तानबीच सम्बन्ध झन चिसिएको छ ।

यो पनि समाचार बीबीसी लेख्छ धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन्। २४ घण्टा नै डाटा अन गरेर राखिएको मोबाइलमा केही नोटिफिकेसन आउने बित्तिकै आँखा डुलाइहाल्छिन्। उनको रातमा निद्रा र दिनमा चैन हराएको छ। सरिताको ध्यान सधैँभरि एउटै कुरामा केन्द्रीत छ कतै श्रीमान्‌को कल वा सन्देश आयो कि रु उनी यसरी चिन्तित हुनुको कारण हो भारतले गत अगस्ट ५ गते जम्मू-कश्मीर राज्यलाई दिइएको विशेषाधिकार खोस्ने निर्णय गरेपछि उक्त क्षेत्रमा उत्पन्न परिस्थिति।

मेरो श्रीमान् जम्मू-कश्मीरमै खटिनु भएको छ, पहिलेजस्तो अचेल कुराकानी हुन पाएको छैन, न त भिडिओ कल नै गर्न सकिन्छ,उनी भन्छिन्, यस्तो भएपछि चिन्ता त लागिहाल्छ नि ! सरिताका श्रीमान् गएको दुई वर्षदेखि भारतीय सेनामा कार्यरत छन्। उनी अहिले जम्मू(कश्मीरको पाकिस्तानसँग सीमा जोडिएको क्षेत्रमा खटिएका छन्। कश्मीरमा त नाव बढ्दै जाँदा र भारत पाकिस्तान सीमा क्षेत्रमा गो ली हा नाहान भएको खबर आउँदा उनलाई श्रीमान्‌को धेरै याद आउँछ। सरिता भन्छिन्, कमसेकम फोन र इन्टरनेट सधैँ चलिदिए हुन्थ्यो।

उहाँ कुन अवस्थामा हुनुहुन्छ भन्ने जानकारी त पाइन्थ्यो नि १ हाल सुनसरीको इटहरीमा बसेर स्नातक तह प्रथम वर्षमा अध्ययनरत राईले श्रीमान्‌सँग धेरै लामो समय पनि बिताउन पाएकी छैनन्। एक वर्षअघि मात्र विवाह बन्धनमा बाँधिएका उनीहरूबीच अगस्ट ५ अघि दैनिक जस्तो कुराकानी हुन्थ्यो। अगस्ट ५ पछि भने एकसाता जति कुराकानी हुनै पाएन।

Related Articles

Back to top button
Close