समाचार

दानबहादुर मल्ल भन्छन – धैर्यता गुमाउनुपर्ने अवस्था आयो भने कसैलाई छाड्दैनौं

चितवनको सुरक्षा व्यवस्था झन कडा पारेको चितवन प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आज (आइतवार) देखि सुरक्षा व्यवस्था थप कडा पारिने बताएका छन् । उनले भने,‘हामीले अहिलेसम्म धैर्यता गुमाएका छैनौ,धैर्यता गुमाउनुपर्ने अवस्था आयो भने कसैलाई छाड्दैनौं ।’ उनले २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताए ।‘केही तत्वहरु घटनालाई थप उत्तेजित बनाउन खोजिरहेका छन्,उनले भने’,होटल पनि सर्च गर्छौ,संकास्पद लागे नियन्त्रणमा लिन्छौं ।’

उनले शान्तीपूर्ण धर्ना गर्न पाउने अधिकार रहेपनि जुलुस निकाल्ने र होहल्ला गर्नेलाई नछाड्ने चेतावनी दिए ।शुक्रवार जिल्ला अदालत चितवनले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका साथै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । रवि लामिछानेका समर्थकले तीनदिन देखि निरन्तर प्रर्दशन गरिरहेका छन् । प्रर्दशनका क्रममा पटक पटक झडप भएको थियो भने प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो ।साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।

Related Articles

Back to top button
Close