समाचार

रबि समर्थक भन्छन कसैले मोटरसाइकल पेट्रोल हाल्देर वा कसैको पैसा खाएर सडकमा आएका होइनौ

काठमान्डौ , पत्रकार रबि लामिछाने र युबराज कंडेल पक्राउ गरेको घटनालाई लिएर चितवनमा रबि लामिछानेका समर्थक हरुले यो कदमको बिरुद्द बिरोध गरिरहेका छन् । चितवन र देशका बिभिन्न ठाउँ बाट चितवन पुगेका समर्थकले प्रदर्शन समेत गरेका छन् ।रबि लामिछानेको रिहाइको माग गर्दै चितवन पुगेका रमेश प्रसाइले रबि लामिछाने जिन्दाबाद भन्दै नाराबाजी गरेका छन् । उनले हिरासतमा मलाई हाल , रबि दाइलाई रिहा गर भन्दै चर्को आवाज उठाएका छन् । चितवनका हजारौ समर्थकका अगाडी रमेशले भने रबिलाई हिरासतमा राख्ने प्रहरीलाई पनि रात भरि निद्रा लागेको छैन ।

उनले राष्टभक्त प्रहरीलाई उच्च सम्मान रहेको भन्दै आफु हरु प्रहरी माथि ढुंगा मुडा गर्न नआएको समेत बताए । उनले भने हिजो रबि लाई हिरासतमा राख्न फैसला गर्ने न्याधिशले आफ्ना छोराछोरी संग आखा कसरि जुदाए होलान ?हामिलाई अन्धभक्त भन्ने गरिन्छ के हामीलाई रबि लामिछानेले पट्रोल खर्च हाल्दिएर आएको हो ? के हामी हिजो नेताले चुनाबताका मासु भात खुवाय जस्तै गरि आएको हो ? हामी नितान्त रबि लामिछानेको लागि न्याय माग्न आएका हौ ।रबि लामिछाने समर्थकले कसैले मोटरसाइकलमा तेल हालेर वा कसैको पैसा खाएर आफुहरु सडकमा निस्केको नभई स्वतस्फुर्त आएको बताएका छन् ।

नेपाल-नेपालीको लागि आफ्नो ज्यान खुकुरीको धारमा राखे रविले ! अब जनताले राख्ने कि नराख्ने ?

काठमाडौ । सबैले भगवान मानेका रबि लामिछने प्रहरीको नियन्त्रणमा परेपछी देशमा चारैतिर कोलाहल मच्चिरहेको छ । धेरै जना सडकमा उत्रिएर बिरोध गर्ने तयारिमा छन । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो ।

एता रबि लामिछाने नियन्त्रणमा लिए संगै उनकै नजिकको ओकिल स्वागत नेपालले भने रविको टिमलाइ घुमाउरो पाराले प्रहार गरेका छन। एक कठोर पत्रकार माथि कमजोर बनाउन केटि प्रयोग गरि फसाएको भन्दै छानबिनले सत्य के हो सबै देखाउने उनि बताउछन।

त्यस्तै ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने प्रहरीको नियन्त्रणमा परेपछी अर्घाखाची बाट बन्दना क्षेत्रीले आफ्नै रचनामा एउटा मार्मिक गित प्रस्तुत गरेकी छन् । यस मार्मिक रचना र उनको स्वर पक्कै पनि सुनी सके पछी सबैलाई शेयर गर्नु होला

Related Articles

Back to top button
Close