समाचार

’ब्याक डोर’बाट रवि लामिछाने सहित तीनै जनालाई अदालत लगियो, रविले समर्थकलाई हात हल्लाए !

काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी आत्मह*त्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ। जिल्ला प्रहरी कार्यालय र अदालत बाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको बताए। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पुडासैनीको आत्मह*त्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ । अदालत बाहिर प्रदर्शन गरिरहेका समर्थकले उनको रिहाइको माग गरिरहेका छन् ।

उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडीको गेटबाट अदालत लगिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालत लगेको हो। तीनै जना लाई बिहीबार नै काठमाडौंबाट प*क्राउ गरेर चितवन ल्याइएको थियो ।

Related Articles

Back to top button
Close