समाचार

गोरखाबाट निकै दुखद खबर : पूरा हेर्नुहोस

गोरखा — गोरखा नगरपालिका-१० टक्सारस्थित मनकाना आवासीय सुस्तश्रवण माध्यमिक विद्यालयका कर्मचारीको शंका*स्पद मृ*त्यु भएको भन्दै सत्यतथ्य छानविन गर्न स्थानीय माग गरेका छन् । छानविनको माग गर्दै स्थानीय आन्दोलित बनेका छन् । सोमबार साँझ साढे ८ बजे घर फर्किएका श्यामहरी घिमिरे मंगलबार बिहान अबेरसम्म विद्यालय नआएपछि खोजी गर्दा जंगलमा मृ*त भेटिएका थिए ।

वनमा मृ*त भेटिएका घिमिरेको गोरखा अस्पतालमा पोष्टमार्टम भएपनि परिवारले श*व बुझेका छैनन् । मृ*त्यु शंस्का*स्पद रहेको र सत्यतथ्य छाविन गरेर दोषी पहिचान नभएसम्म शव नबुझ्ने परिवारको अडान छ ।

बिहीबार विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गर्दै स्थानीयले गोरखा आबुखैरेनी सडक खण्ड अन्तर्गत टक्सारमा एक घण्टा सडक अवरुद्ध गरेका छन् । सत्यतथ्य छानविन गरी दोषी देखिए कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीय सुवास घिमिरले बताए । ‘मृ*त्यु शंस्का*स्पद छ, चार दिन बितिसक्यो घटना कसरी घट्यो खुलेको छैन,’ उनले भने, ‘यथार्थ के हो ? थाहा पाउनुपर्‍यो नी ।’

यस्ता घटना नदोहारिनका लागि सत्यतथ्य छानविन हुनैपर्ने स्थानीय रामचन्द्र कुँवरले बताए । ‘हातमा लगाएको औठी जस्ताको तस्तै छ, सडक भन्दा ५० मिटर तल शव भेटिएको छ, घिसारिएको डोब छ,’ उनले भने, ‘शं*का गर्ने आधार धेरै छन् ।’ बिहीबार करिव दुई सय स्थानीय भेला भएर घटनाको सत्यतथ्य छानविनको लागि भन्दै नाराबाजी समेत गरे । सोही वडाको नौविसे स्थायी घर भएका मृ*तक घिमिरे पनि सुस्तश्रवण हुन् । घटना घटेपछि उक्त विद्यालयको पढाइ समेत प्रभावित बनेको छ । तीन दिन यता पठनपाठन हुन नसकेको विद्यालयका कर्मचारी बताउँछन् ।

घटनाको अनुसन्धानकै चरणमा रहेको डीएसपी महेन्द्र नेपालले बताए । ‘केही व्यक्ति नियन्त्रणमा लिएर सोधपुछ पनि गर्‍यौं, घटनाको कारण खुलिसकेको छैन,’ उनले भने ।

Related Articles

Back to top button
Close