समाचार

गाडीको ठक्करबाट ४ पैदलयात्रीको ज्यान गयो

काठमाडौं, रौतहट, सप्तरी, बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा मंगलबार ५ जनाको मृत्यु भएको छ । गाडीको ठक्करबाट ४ पैदलयात्री र १ जना मोटरसाइकल चालकको मृत्यु भएको हो ।

काठमाडौं– काठमाडौं महानगरपालिका १६ स्थित बनस्थलीमा ट्रकको ठक्करबाट ललितपुर इमाडोल ४ बस्ने ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको छ । ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते नेपालीको
पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहट– राजपुर नगरपालिकामा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट भारत सितामढी ग्राम पञ्चायत पोरही बस्ने ६० वर्षीय बिन्देश्वर दासको मृत्यु भएको हो । दासलाई वडा नम्बर २ फतवास्थित सडकमा मंगलबार दिउँसो बिआर ३२ पिए १५४१ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो । उनको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरी– बोदेबरसाइन नगरपालिकामा मोटरसाइलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट ७० वर्षीय फगुनी दासको मृत्यु भएको हो । दासलाई अनटेस्ट लेखिएको मोटरसाइकलले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दिया – बासगढी नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाकाको ६ सतरियामा भे २ प ७४५२ नम्बरको मोटरसाइकल पल्टिँदा वडा नम्बर ५ पानी ट्यांकी निवासी ४७ वर्षीय खेमलाल सुवेदीको मृत्यु भएको हो । उनको कोललपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देही– तिलोत्तमा नगरपालिकामा बलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १३ स्थित सडकमा लु १ च ३२४६ नम्बरको बलेरोले सडक छेउमा बसिरहेका २५ वर्षीय बसन्त थापालाई ठक्कर दिएको हो । वडा नम्बर १५ बस्ने थापाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close