भिडियो

सिधाकुरा जनतासँग’को आडमा तस्करसँग करोडौँ असुल्छन् रवि लामिछाने (भिडियो प्रमाणसहित)

रवि लामिछाने र उनको समूह तस्करसँग करोडौँ रकम उठाउने धन्दामा लागेको खुलेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले रविको तस्करसँगको सेटिङ बाहिर आएको हो ।चितवनमा आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियोमा रविले करोडौं रुपैया ढुंगा, गिट्टी, बालुवाको तस्करी गर्नेसँग उठाउने गरेको बताएका छन । नेपाल आजको युट्युबमा सार्वजनिक भिडियोमा उनले आफ्नो मृत्युको कारण चर्चित सञ्चारकर्मी रवि लामिछाने, एक युवती र न्युज २४ टेलिभिजनकै एक कर्मचारी भएको समेत बताएका छन् ।

उनले भनेका छन ‘थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा यताउता सबै त्यसैले पुर्‍याउनु पर्ने। प्यारी सम्झना मैले कसरी सक्नु ? रवि दाइ मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही कोही दीनदुःखीको उद्दार पनि गर्नुभयो, तर अरूको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रूप देख्नेछ। मसँग प्रमाण छ आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ। तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्ने छ।’कुमारीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदा रुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’

Related Articles

Back to top button
Close