भिडियो

एकसाथ ७ नागको अदभुत दर्शन (हेर्नुहोस भिडियो)

नाग एसिया महादिपमा पाइने एक विशेष प्रकारको सर्प हो । हिन्दु परम्परा अनुसार नागलाई भगवान शिव सङ्ग जोडेर हेरिन्छ । भगवान शिवले नागलाई आफ्नो घाटीमा राख्ने हुनाले पनि हिन्दुहरु श्रद्धाले नागलाई पुज्ने गर्दछन ।

वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा खान्छन् भने कोही भ्यागुता, मुसा जस्ता साना जनावरहरूको शिकार गर्दछन्। अजिंगरले त स–साना बनेल, हरिणका पाठालगायत मान्छेकै केटाकेटी पनि निलिदिन्छ। त्यसैले सर्प, साँप, नाग भन्नासाथ हामी डर, भय, त्रास, कौतुहल, रहस्ययुक्त मनस्थितिमा पुग्दछौँ।

तर सबै सर्प भने बिषालु हुदैन्न। विश्वमा हालसम्म पन्ध्र परिवारअन्तर्गत करीब २ हजार ९ सय प्रजातिका सर्प पाइएका छन्। त्यसमध्ये नेपालमा करिब ८० देखि ८९ प्रजातिका सर्प पाइन्छ भन्ने जीवशास्त्री हरूको अनुमान छ। संसारमा पाइने करिब २ हजार ९ सय प्रजातिका सर्पमध्ये केवल ७ सय ५० मात्र विषालु छन्। अझ त्यसमा पनि केवल २ सय ५० प्रजातिका सर्प मानिसका लागि खतरनाक मानिन्छन्।नेपालमा पाईने सर्प मध्ये २० प्रजाति मात्र विषालु हुन्छन्। अझ त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन्।

यस्तै एक बिषालु सर्प कोब्रालाई नै हामी नाग मानी पुजा गर्ने गर्छौ।एक भारतियले बनाएको यो भिडियोमा नाग अर्थात (कोब्रा) सर्प सम्बन्धी बिषेश जानकारी दिएका छन,उनले यो भिडियोमा ७ ओटा नागलाई आफ्नो नियन्त्रन मा लिएका छन्।

Related Articles

Back to top button
Close