समाचार

हिं’सा बढेको भन्दै म’दिरा निषेधित गर्ने सरकारको घोषणा, १५ हजारसम्म जरिवाना हुनसक्ने

काठमाडौं । म’दिरा पिउनेहरुका लागि सरकारले कडा नियम ल्याएको छ । म’दिराका कारण महिला तथा बालबालिकामाथि हुने हिं’सामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ९ लाई मङ्गलबार म’दिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई म’दिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिए ।

म’दिराका कारण महिला तथा बालबालिकामाथि हुने हिं’सामा वृद्धि भएको, सामाजिक अ’पराध बढ्दै गएकाले म’दिरा निषेधित वडा घोषणा गरिएको हो । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय म’दिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ ।म’दिरा निषेधित क्षेत्रमा कसैले म’दिरा बिक्री वितरण गरेमा पहिलोपटकका लागि रु १५ हजार, कसैले ओसारपसार गरेमा पहिलोपटकका लागि रु १० हजार र म’दिरा सेवन गरी होहल्ला गरेमा पहिलोपटकका लागि घटनाको प्रकृति हेरेर रु एक हजार ५०० देखि पाँच हजारसम्म जरिवाना तोकिएको छ ।दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने वडासचिव बोहराले जानकारी दिए । तीन पटकभन्दा बढी कसैले म’दिराको कारोवार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ ।

Related Articles

Back to top button
Close