समाचार

नायिका करिश्मा मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना

ललितपुर । चलचित्र नायिका करिश्मा मानन्धर किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी छिन् । उनले उक्त उच्च माविको पोशाकसहित कलेज जान लाग्दाको तस्वीर सार्वजनिक भएको छ ।

करिश्माको जन्मस्थान पनि सोही क्षेत्रमा पर्दछ । उनको किटिनी स्कुल नजिकै टौखेलमा आकर्षक घर छ । त्यहाँ पति बिनोद मानन्धरसँग पुगिरहन्छिन् । किटिनी उच्च माविमा अध्ययन गर्ने भएपछि करिश्मा अधिकांश समय गोदावरीमा बस्ने भएकी छिन् । त्यस भेगमा उनलाई करिश्मा केसी भनी चिन्दछन् । विवाहपछि मात्र करिश्माले मानन्धर लेखेकी हुन् ।

यसै वर्ष एसईईको अध्ययन पूरा गरेकी करिश्माले उच्च शिक्षा लिने धोको राखेकी छिन् । राजनीतिमा समेत लागेकी उनले अध्ययनलाई जोड दिने तयारी गरेकी छिन् । किटिनी उच्च माविमा उनको आगमनको सूचनासँगै विद्यार्थीहरु उत्साही भएका छन् । कतिपयले युट्युव चलाउनेको भीड लाग्ने भन्न थालेका छन् ।

करिश्मा कलेज जान थालेको किटिनी कलेज गोदावरी नगरपालिकाभित्र पर्दछ । गोदावरी भिलेज रिसोर्टसँगैको कलेज ५० वर्षभन्दा पुरानो स्कुलको स्तरोन्नति गरेर स्थापना गरिएको हो । उक्त विद्यालय अन्र्तगत स्तानकसम्म अध्यापन गराउने कलेज पनि छ ।

Related Articles

Back to top button
Close