समाचार

जनआस्था साप्ताहिकले लेख्यो रविको बारेमा यस्तो

पत्रकार शालीकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विक्रितीलाई उदांगो पारेको छ ।

मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालीकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको छ । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखत समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आत्महत्या गरिन् । तर, त्यसमा न सुसाइट नोट नत मृतकको बयान केही पनि थिएन ।

मानवीय त्रुटिका कारण त्यस्तो समाचार छापिन गएको भनी जनआस्था परिवारले माफी माग्दामाग्दै पनि दुई वर्षसम्म ज्यान मुद्दा झुल्नुप¥यो । रवी लामिछानेहरुले अहिले पनि त्यो प्रकरण बेलाखबत उछालिरहन्छन् । अहिले त स्वयं मृतकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दोषी दोषी किटान गर्दै सजायको माग गरेका छन् । यस प्रकरणमा माफी माग्नु त परै जाओस्, उल्टै मृतकलाई नै लाञ्छित गर्ने काम हुँदैछ ।

मानिस किन यति सारो अमानवीय हर्कत गर्छ ? किन कहिल्यै आफ्नो गल्ती स्वीकार गर्न तयार हुन्न ? जनआस्थासँग सुरक्षित दुईवटै अडियो/भिडियो टेपमा भएको विवरणमा भनिएको छ, ‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लोपटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत बालुवा ठेकेदार, सिमेन्ट लगायत ठूला कम्पनी र घरानाहरुबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्र पैसा दिने । कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पु¥याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४/५ हजार खर्च हुने, कोठाभाडा यताउता सबैले त्यसैले पु¥यानुपर्ने प्यारी सम्झना मैले कसरी सक्नु । रवि दाई मलाई मार्न बाध्य बनाएकोमा तपाईंहरुलाई पाप लाग्छ । केही केही दिनदुःखीको उद्दार पनि गर्नुभयो । तर, अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो । ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमण छ । आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । अब तँ फसिस भन्दै मलाई मर्न बाध्य पार्नुभएकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’

कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदैरुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्को बिहे गर । मलाई माफ गरिदेऊ ।’ आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै उनी अगाडि भन्छन्, ‘मैले न्यूज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर । बरु डिपेन्डेन्स भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी …कार्कीको पछि लगाए । त्यही केटीलाई मैले बीपी स्मृति अस्पताल बसुन्धारामा जागिर लगाइदिएँ । पुतलीसडकको कन्सल्ट्यान्सीमा बिहानबिहान पु¥याइदिएँ । पछि सउले उल्टै खाते भन्दै मलाई हेप्न थाली । म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्यूज २४ टेलिभिजन छाडें । त्यसबापत मलाई उहाँहरुले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण अब म यस संसारमा यस्तै गरी बाँचिरहन चाहन्नँ ।’ नुवाकोट बेलकोटगढी–३ घर भएका पत्रकार पुडासैनीले आत्महत्याको बाटो रोजेको विषय राजनीतिक, कानूनी र पत्रकारिताको क्षेत्रमा चर्चाको विषय बनेको छ ।

भ्रष्टाचारमा मुछिएका कर्मचारीले एकपछि अर्को गर्दै आत्महतय गरिरहेको ऋंखलामा पत्रकार पुडासैनीको आत्महत्या नितान्त फरक छ । कसैको दबाब र प्रभावमा समेत आत्महत्या गरे उक्साउने व्यक्तिलाई सजाँयको भागी बनाउनुपर्ने कानून लागू भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले त्यसरी दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । उपदफा (१) मा स्पष्ट भनिएको छ, सकैले कसैलाई आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । अखबारमा फोटो छापिएका भरमा पत्रकारलाई लामो समय यातना दिइएको र श्रीषा कार्कीले गरेको आत्महत्या इतिहासको गर्तमा छ तै पनि जनआस्था टिमले भोगेको पीडा अहिले पनि सेलाइसकेको छैन ।

सर्वोच्च अदालतले राजेश कोइरालासमेतको जाहेरीका आधारमा नेपाल सरकारविरुद्ध विपक्षी सिन्धुली ठोकर्पा गाविस–२ घर भई काठमाण्डु जिल्ला काठमाण्डु महानगरपालिका–७ फिल बस्ने गोपीकृष्ण न्यौपानेको छोरा तारानाथ न्यौपानेसमेतको मुद्दा (निर्णय नं.१०१४३) मा स्पष्ट व्यवस्था गरेको छ । जसमा नभिएको छ, ‘मृतकको पोष्टमार्टम रिपोर्ट हेर्दा एउटा मात्र घाउको प्रकृति उल्लेख छ । यस प्रकृतिको घटनामा मृतक शरीर आफैंले कथा भन्छ । सबै प्रकृतिको हत्याको अकाट्य प्रमण हुन्न । आत्महत्या गर्दाको मानसिक अवस्था फरकफरक हुने हुँदा त्यसमा एकरुपता खोज्नु न्यायोचित हुँदैन ।’ त्यसै गरी पुनरावेदक र प्रतीवादी गिता सुनारसमेतको जाहेरीले नेपाल सरकारविरुद्ध गोरखा नाम्जुङ गाविस–२ घर भई काठमाण्डु जिल्ला कामपा–१६ बस्ने विष्णु काप्रीसमेतको मुद्दामा (निर्णय नं १०१४४) प्रतिपादित व्यवस्थाले अनुसन्धान फितलो गराएर अन्याय गर्ने कार्यलाई रोकेको छ ।

फैसलामा भनिएको छ, ‘जो जसको क्रियाबाट भए पनि व्यक्तिको ज्यान गएको अवस्थामा अनुसन्धान फितलो र कमजोर भएकै कारण कसुरदारले उन्मुक्ति पाउने, पीडितले न्याय नपाउने तथा निर्दोषले सजायँको भागिदार हुनुपर्ने कुनै पनि विषय कानुनी राज्यमा स्वीकार्य हुन सक्दैन । यसतर्फ न्यायका सरोकारवाला सबै सचेत भई अपराधको सूचना, अनुसन्धान, अभियोजन र सुनुवाई तथा सुनुवाई पश्चातका कार्यान्वयन पक्ष सबै तहमा कानून र कानूनका मान्य सिद्धान्तको उचित प्रयोग र व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।’ सम्भतः पत्रकार पुडासैनी आत्महत्याको विषय कानून कार्यान्वयन गर्ने निकायका लागि पहिलो मुद्दा हुनेछ । जनआस्था साप्ताहिकबाट

Loading...

Related Articles

Back to top button
Close