समाचार

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण: एसपी मल्लले गरे सबै खुलासा

काठमाडौं / पत्रकार शालिकराम पुडासैनीको मृत्यु आ*त्म* हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान भई रहेको छ मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आ*त्मह*त्या गर्न लागेको उल्लेख भएको जनाइएको छ

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको बताईएको छ। पुडासैनीले भिडियोमा म*र्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताउनुभयो ।

सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ । भिडियो पाउनुअघि ह*त्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आ*त्मह*त्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले श*व बुझेर काठमाडौँ लगेको उहाँले बताउनुभयो । दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए । रासस

Related Articles

Back to top button
Close