मनोरंजन

अनमोलको ‘एन्टी हिरोमा’ जसिता हिरोईन

काठमाडौं / सधै स्तरीय फिल्म खेलेर आफ्नो स्टारडम जोगाई राख्ने जेनयुन कलाकार हुन अनमोल के.सी । यि युवा सुपरस्टारको क्रेज कति छ भनेर एउटा सानो बालकलाई पनि सोध्यो भने पनि उसले भन्छ अनमोल ईज माई फेभरेट स्टार ।

सुपरस्टार पिता भुवन केसीको रेखदेख र मार्गनिर्देशन सहित पारिवारिक पृष्ठभूमिलाई केलाउँने हो भने हात मुख जोड्नकै लागि भनेर अनमोललाई फिल्म खेलिरहनु पर्ने बाध्यता छैन सायद त्यहि भएर होला अनमोलले सेलेक्टेड फिल्म गर्ने आफ्नो योजनामा फेरी अर्को प्रोजेक्टलाई अगाडी बढाएका छन् ।

प्रोडक्सन भ्यालुलाई सधै उच्च प्राथामिकतामा राख्दै अनमोल यतिबेला होम प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्म ‘एन्टी हिरो’को मेकिङमा सक्रियसार्वजनिक समाचार अनुसार सोमबार मात्रै अनमोलको नयाँ फिल्म ‘एन्टी हिरो’को टाइटल चलचित्र बिकास बोर्डमा दर्ता गरिएको छ ।

एक्सन लभ स्टोरी जनरमा बन्ने अनमोलको फिल्मलाई सम्भवत एक चर्चित भारतीय निर्देशकले निर्देशन गर्नेछन भने हिरोइनका रुपमा जशिता गुरुङलाई अफर गर्ने तयारी भएको न्यूज फिल्मीलाई एक्सक्लुसिभ रुपमा जानकारी प्राप्त भएको छ ।‘सकेसम्म भारतमा केही हद सम्म नाम चलेका निर्देशकले यो फिल्म निर्देशन गगर्ने छन हैन भने भुवन जीनै निर्देशकका रुपमा उत्रिनु हुनेछ ।

’ भुवन अनमोललाई उद्रित गर्दै श्रोतले जानकारी दिएको छ । यो फिल्ममा भुवन केसी स्वयम पनि एक मुख्य कलाकारका रुपमा देखिनेछन् भने एन्टी हिरोको क्यारेक्टरमा अनमोल रहनेछन् ।

स्क्रिप्टको लाईनअप हेर्ने हो भने भुवन केसी र अनमोलको टकराव फिल्मभर रहनेछ ।तिहार लगत्तै फ्लोरमा जाने तयारी सहित आज दर्ता गरिएको यो प्रोजेक्टमा प्राविधिक देखि लिएर अन्य कलाकार पनि ए ग्रेडका रहने बताईएको छ ।

Related Articles

Back to top button
Close