मनोरंजन

छोरा तैमुरसंगै सुटिङ गर्छिन सुन्दरी नायिका करिना कपुर, चाँडै घुलमिल हुने तैमुर सुटिङ स्पटमा पनि हुन् सबैका प्रिय

मुम्बई । बलिउड अभिनेत्री करिना कपुर केही समय यताबाट सुटिङमा फर्किएकी छन् । उनी नयाँ फिल्म इङलिस मिडियम–२ मा जोडिएकी छन् । अहिले उनी डान्स इन्डिया डान्स रियालिटी डान्स सोको सुटिङमा छिन् । उनी सुटिङमा पनि आफ्नो छोरा तैमुरसँग हुन्छिन् । तैमुरलाई सुटिङमा नल्याएको दिन उनी छोरासँग भिडियोमा कुराकानी गर्न व्यस्त हुन्छिन् ।

सोही कारण यी नायिकाको छोरासँग कुरा गरेको एउटा भिडियो अहिले भाइरल बनेको छ । छोरा तैमुर पनि आमासँग सुटिङमा जान र सुटिङका अन्य कलाकार एवं प्राविधिकसँग खेल्न मन पराउँछन् । जोसँग पनि चाँडै घुलमिल हुने स्वभावका कारण करिनाका छोरा सुटिङ स्पटमा पनि सबैका प्रिय हुने गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

Related Articles

Back to top button
Close