समाचार

अमेरिकाले भिषा नदिएपछि रिसाएका सन्दिपले ३ घन्टामै झुकाए अमेरिकाको एम्बेसिलाइ, बाध्य भएर बोलायो र दियो भिषा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावसले तीन घन्टापछि भिसा दिएको छ। लामिछानेले भिसाको समस्या ‘हल भएको’ भन्दै अमेरिकी राजदूतावासलाई धन्यवाद दिउँसो दिउँसो २:२३ बजे ट्वीट गरेका छन्।

बिहान लामिछानेले ट्विटरमा वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा आफूले अनुरोध गरेको अमेरिकाको प्रवेशाज्ञा नपाएको लेखेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालस्थित अमेरिकी राजदूत अनि राजदूतावासलाई पनि मेन्शन गर्दै लामिछानेले अमेरिकाको प्रवेशाज्ञा नपाउँदा क्यारेबियन लीग खेल्न जान आफूलाई गाह्रो हुने लेखेका थिए।

उनले ट्विटरमा लेखेका थिए, “राष्ट्रिय खेलाडी हुनाको नाताले सन् २०१६ यता आफ्नो देशलाई विश्वभरिका लीगमा प्रतिनिधित्व गर्दैआएको हुनाले मेरो भिसा अस्वीकार गरिँदा म ठूलो आश्चर्यमा परेको छु।” लगत्तै अर्को ट्वीटमा उनले भिसा अस्वीकार गरिएको जानकारी पाउँदा आफू नि:शब्द भएको उल्लेख गरेका थिए। उनले सबै कागजपत्रहरू प्रस्तुत गर्दा पनि प्रवेशाज्ञाको आवेदन अस्वीकार गरिएकाले आफूलाई क्यारेबियन लीगमा बार्बेडस ट्राइडन्ट्सका लागि खेल्न गाह्रो हुने उल्लेख गरेका थिए।

भिसा आवेदनका लागि चाहिने सबै कागजात समावेश गरेको थिएँ। सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गर्दै संसारका धेरै लिग खेलिसकेकाले भिसा नपाइएला भन्ने लागेको थिएन।अमेरिकाले मलाई भिसा नदिनु पर्ने कारण केही थिएन। म भर्खर ग्लोबल टी- २० क्यानडा खेलेर फर्किएको हुँ। क्यानडाले मलाई १० वर्षको भिसा दिएको छ।

तर दूतावासका भिसा अफिसरले ‘यु आर रिजेक्टेड’ भने। म अचम्ममा परें। म अमेरिकामा गएर लुक्ने मान्छे होइन। त्यहाँ नलुक्ने भएपछि मलाई रोक्नु पर्ने कारण के थियो र?मैले उनलाई आफू रिजेक्ट हुनुको कारण सोधें। उनले कारण दिएनन्। फेरि भने- यु आर रिजेक्टेड।ती भिसा अफिसरको व्यवहार मलाई निकै रूखो लाग्यो।

Related Articles

Back to top button
Close