मनोरंजन

४२ वर्ष कट्दा पनि किन बिहे गर्दिनन् सुन्दरी नायिका अमिशा पटेल

एजेन्सी -विवाहप्रति मानिसहरूको आ–आफ्नो धारणा हुन्छ। कतिपयले विवाहलाई प्राथमिकतामा राखेका हुन्छन् भने केहीले विवाहलाई सफलताको बाधकका रूपमा लिएको पनि पाइन्छ। यहि बिचमा बलिउड नगरी बिबशाह नगरी बसेकी एक नायिका हुन् अमिशा पटेल ।

उनले चर्चा सफलता र धन त कमाइन तर बयालिस कट्दा पनि बिहे लाई प्राथमिकतामा राखिनन् । ४२ वर्ष कट्दा पनि उनीको सुन्दरतामा कुनै कमी आएको छैन् ।पटेल आफ्नो बोल्ड अवतार र तस्वीरका कारण चर्चामा छाइरहन्छिन्।

निर्देशक विक्रम भट्ट, व्यापारी कनभ पुरी, रनपवीर कपुरजस्ता केही पुरुषसँग प्रेमको चर्चा चले पनि उनले सायद आफ्नो लागि सुहाउँदो वर भने भेट्टाएकी छैनिन्। सन् २००० मा फिल्म कहोना प्यार हेबाट बलिउडमा इन्ट्री गरेकी अमिशाको शुरुआती दिनका फिल्मले निकै चर्चा र सफलता पाएको थियो। अहिले भने उनी अभिनय बाट टाढा जस्तै भएकी छन् ।

Related Articles

Back to top button
Close