मनोरंजन

‘चर्चामा आउँनको लागि फोटो खिचेको होइन्’ : साम्राज्ञी

काठमाडौं /साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो फिल्म ‘ड्रिम्स’ नै बाट राम्रो चर्चा बटुलिन् । आठ वटा फिल्ममा अभिनय गरिसकेकी साम्राज्ञीको व्यक्तिगत जीवनको पनि उत्तिकै चर्चा हुन्छ ।साम्राज्ञीले सामाजिक सञ्जालमा पोस्ट गर्ने सामाग्रको चर्चा हुने गर्दछ । साम्राज्ञीले बालीबाट प्रेमीसँग सेयर गरेको अन्तरंग तस्बिरले हंगमा नै मच्याएको थियो । प्रेमीसँगको तस्बिर चर्चामा आएपछि साम्राज्ञीले आफ्नै तरिकाले जवाफ फर्काइन् । साम्राज्ञी चर्चाको लागि यी सब कुरा गर्छिन् या उनले गर्ने काम कुराको चर्चा हुन्छ ?

बिहिबार रातो टिका निधारमाको प्रेसमिटमा साम्राज्ञीले भनिन्, ‘म कुनै पनि पोस्ट चर्चामा आउनको लागि गर्दिन । तर पोस्ट गरेको कुराको चर्चा हुन्छ ।’ साम्राज्ञी राज्यलक्ष्मी शाहको फिल्म ‘मारुनी’ यहिँ भदौ १३ गते रिलिज हुँदैछ भने ‘रातो टिका निधारमा’ दशैंको अवसर पारेर रिलिज हुँदैछ ।
नेवल नेपाल निर्देशित फिल्म मारुनीमा साम्राज्ञीले नायक पुष्प खड्का र अशोक शर्मा निर्देशित फिल्म रातो टिका निधारमा मा नव नायक अंकित शर्मासँग स्क्रिन सेयर गरेकी छिन् ।

Related Articles

Back to top button
Close