समाचार

काठमाडौँको न्यूरोडबाट सांसद नै लुटिए पछि सर्वसाधरण बाँकी रहलान त ?

काठमाडौं, २७ साउन । काठमाडौँको न्यूरोडमा प्रदेश– ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको छ । न्युरोड भीडभाडमा अज्ञात व्यक्तिले पर्स लुटेको बताएकी छिन् ।

पर्समा सात हजार रुपैयाँ नगद र केही महत्वपूर्ण सामानहरु सहित एटिएम कार्ड, सांसद परिचय– पत्र लगायत पर्समै भएको सांसद सुवेदीले बताएकी छिन् ।

सुवेदीले प्रहरीमा पर्स लुटिएको निकै बेर पछि मात्रै प्रहरीमा उजुरी दिएकी छिन् ।

बैंकको एटिएम कार्ड दुरुपयोग हुनसक्ने भएकोले पहिला बैंक पुगेर मात्र प्रहरीलाई उजुरी दिएको सुवेदीको बताईन ।

Related Articles

Back to top button
Close