अन्तर्राष्ट्रिय समाचार

भारतलाई झट्का : चीन कश्मीरी जनता र पाकिस्तानकाे पक्षमा, कश्मीरलाई स्वतन्त्र गराउन हतियार उठाउने

काठमाडाैँ । चीनका विदेशमन्त्री वाङ यीले चीन कश्मीरमा न्यायको पक्षमा रहेको बताएका छन् ।

चीन भ्रमणमा रहेका पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीसँगको भेटपछि वानले कश्मिरको विषयमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्ताव तथा भारत र पाकिस्तानबीच भएको सम्झौताका पक्षमा रहेको बताएका हुन् ।

चीनले भारत र पाकिस्तानबीच भएको सिमला सम्झौताको विषयलाई उठाएको हो । सन् १९७२ मा कश्मीर विवादको समाधान द्वीपक्षीय वार्ताको माध्यमबाट गर्ने गरी सिमला सम्झौता भएको थियो ।

भारतले कश्मीरलाई विशेषाधिकार दिने संविधानको धारा ३७० को हटाएपछि कश्मिरका विषयमा भारत र पाकिस्तानबीच तनाव बढेको छ । भारतीय कदमको चीनले यसअघि नै आपत्ति जनाइसकेको छ ।

कश्मीरका विषयमा भारतसँग तनाव बढेसँगै पाकिस्तानी विदेशमन्त्री चीनको भ्रमणमा गएका हुन् । चिनियाँ विदेशमन्त्रीसँगकाे भेटपछि ट्विट गर्दै पाकिस्तानी विदेशमन्त्री कुरेसीले कश्मिरको मुद्दामा बेइजिङको साथ पाकिस्तानले पाएको बताएका छन् ।

कश्मीरलाई क्रान्तिमा होमिन चरमपन्थीको आग्रह
यसैबीच केही जिहादी समूहले भारत प्रशासित काश्मिरको स्वायत्तता अन्त्य गर्ने भारतको निर्णयको जवाफमा जिहाद (क्रान्ति) का लागि अपील गरेका थिए । यी समूहहरू प्रायः पाकिस्तानमा संरक्षित छन् ।

चाखलाग्दो कुरो त के छ भने कश्मीरमा रहेका जिहादी समूह र त्यहाँका समाचार च्यानलहरूबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसको एक कारण भारत सरकारले सो काश्मीरउपत्यकामा सारा इन्टरनेट सेवाहरू पूर्णरूपमा रोक्नु पनि हो भन्ने बिबिसी हिन्दीले लेखेको छ ।

इस्लामिक स्टेट ग्रुप (आईएस) र अल कायदालाई समर्थन गर्ने धेरै प्रो-जिहादी खाताहरूले मेसेजिंग एप टेलिग्राममा दोहोइरहेका छन् कि भारत र पाकिस्तान दुवैले कश्मीरका जनतालाई धोका दिए । त्यहाँ भित्रभित्रै जनतामा आक्रोश र असन्तुष्टिको ज्वाला दन्किरहेको हुन सक्छ, जो केवल क्रान्तिले मात्रै कश्मीर विवाद समाधान गर्न सक्छ भन्ने निष्कर्षमा पुगेका हुन सक्छन् ।

पाकिस्तानमा रहेका धेरै ‘हाई प्रोफाईल’ कट्टरपन्थी समूहहरूले भारतको पछिल्लो कदमप्रति कडा प्रतिक्रिया दिएका छन् । भारतमा पटकपटक ठूला आक्रमणहरूमा संलग्न रहिआएको जैश-ए-मोहम्मद समूहले भनेका छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरका विशेष शक्तिहरूको अन्त्य गरेर हार स्वीकारेका छन् ।’

एक सन्देशमा उक्त समूहका प्रमुख मसूद अजहरले भनेका छन्, ‘मुजाहिद्दीनले जिहादको एक अध्याय पूरा गरिसकेको छ भने कश्मीरमा जिहादको दोस्रो चरण सुरु भइरहेको छ ।’

अल कायदा र आईएस दुबैका समर्थकहरूले कश्मीरमा शरिया कानुन लागू गराउन र कश्मीरलाई भारत र पाकिस्तान दुबैबाट ‘स्वतन्त्र’ बनाउनका लागि हतियार उठाउन समेत आह्वान गरेका छन् । (एजेन्सीहरुकाे सहयाेगमा)

Related Articles

Back to top button
Close