अन्तर्राष्ट्रिय समाचार

जम्मु–कस्मिरमा भारत नाङ्गियो : पूर्वमुख्यमन्त्रीहरु बन्धक, जनतालाई घर निस्किन बन्देज

काठमाडौं । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु–कश्मीर राज्यका विशेषधिकार खोसेको छ । भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कफ्र्यु छ तर हिजो देखि ठुलो संख्यामा सुरक्षाकर्मी लगाएर हटाउन पनि थालिएको छ ।राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ ।

लामो समयदेखि द्वन्दवको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरु यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।काठमाडौँका विभिन्न गल्लीमा कश्मीरीहरु छाला, हस्तकलाका सामान र पस्मिनाको व्यापार गर्छन् । मुस्लिमको प्रमुख चाड ईद आगामी सोमबार छ । चाड मान्न थातथलो गएकाहरुको खबर नपाउँदा यहाँ रहेकाहरुबीच चिन्ता छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Related Articles

Back to top button
Close