अन्तर्राष्ट्रिय समाचार

प्रधानमन्त्री इमरानले भने, ‘अति भयो अब भारतमाथि आक्रमण गरौ’

एजेन्सी– जम्मू–कश्मीरमाथिको भारतीय कदमको पाकिस्तानमा चर्को विरोध भइरहेको छ ।गत सोमबार भारतीय संविधानको धारा ३७० खारेज गर्दै जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने भारत सरकारको निर्णय लगत्तै यस विषयमा आफ्नो रणनीति तय गर्न पाकिस्तानले संसदको संयुक्त सत्र बोलाएको थियो ।बैठकमा विपक्षी सांसदहरुको प्रश्नको जवाफ दिँदै गर्दा प्रधानमन्त्री इमरानले भने, ‘तपाईहरु नै भन्नुस् कि हामीले कस्तो कदम उठाउनुपर्छ ? आखिर मैले कुनै कदम उठाएको छैन ।’

इमरानले अगाडि भने ‘हामीले संयुक्त राष्ट्रसंघलाई पनि भनेका छौं । हामीले इस्लामिक सहयोग संगठनसँग पनि कुरा गरेका छौं । कुन चीज छ जुन मैले गरेको छैन । हामी के भारतमाथि आक्रमण गरिदिउँ ?’पाकिस्तानी प्रधानमन्त्री इमरानले कश्मीरमा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्ताव कार्यान्यन नगरे स्थिति अझै भयावह हुन सक्ने समेत बताएका छन् ।

त्यस्तै पाकिस्तानले बिहीबार सुरक्षा चिन्ता भन्दै बाघामा रेल रोकेपछि भारत जान लागेका ११० जना यात्री अलपत्र परेका छन्। अलपत्र परेका यात्रुसहित रेल लैजानका लागि पाकिस्तानले भारतीय चालक र सुरक्षा गार्ड सीमामा पठाउन विकल्प समेत दिएको छ। दुई देशबीच १९७६ देखि भारतबाट दिल्लीदेखि अटारीसम्म र पाकिस्तानतर्फ लाहौरदेखि बाघासम्म रेल सञ्चालन हुँदै आएको थियो।

Related Articles

Back to top button
Close