समाचार

एकाबिहानै दुखद खबर, पुर्वबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा ३ को मृ*त्यु, २५ जना हराए

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृ*त्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना ग*म्भीर घा*इते भएका छन् ।

घाइ*तेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृ*तक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।

प्रहरी विधेयकमा फेरबदल : प्रवेश प्रहरीको संगठन संचरना र भूमिकालाई बलियो बनाउने गरी प्रहरीसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले परिमार्जन गरेको छ ।प्रदेशप्रहरीलाई प्रदेश सरकारप्रति जिम्मेवार बनाउँदै प्रदेशभित्रको सरकारवादी हुने कुसर तथा अन्य मुद्दा मामिला अनुसन्धानको अधिकार दिने गरी समितिले विधेयकमा फेरबदल गरेको हो ।

प्रदेश प्रहरीको परिचालन, अह्रनखटन, मूल्यांकन, सरुवा र बढुवाको अधिकार प्रदेश सरकारलाई रहने गरी विधेयक फेरबदल गरिएको छ । यसअघि ती अधिकार प्रमुख जिल्ला अधिकारीमा सीमित गरिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

Loading...

Related Articles

Back to top button
Close